आज काग तिहारः आफ्नाे राशि अनुसार के गर्दा लाभ हुन्छ त ?
Investopaper, कार्तिक ०९, २०७६
पञ्चाङ्ग अनुसार प्रत्येक वर्ष कार्तिक कृष्ण पक्षको त्रयोदशीका अथवा काग तिहारका दिन धनवन्तरी त्रयोदशी अर्थात धनतेरस मनाउने गरिन्छ । धन त्रयोदशी र धनतेरस पनि यसै दिनलाई भन्ने गरिन्छ ।
यसपटक तिथिले गर्दा हिजाे पर्नुपर्ने काग तिहार आज परेकाे छ । तसर्थ धनतेरस पनि कसैले हिजाे मनाइसके भने आज पनि मान्नेहरूकाे संख्या कमि छैन । शुक्रवार दिन परेको शुक्र प्रदोष समेत रहेको हुँदा ज्योतिषीहरुका अनुसार यस दिन लगभग १०० वर्ष पछि विशेष महासंयोग जुर्दै छ। शुक्र प्रदोष र धन त्रयोदशीको महासंयोग कार्तिक ९ गते जुर्न लागेको हुँदा यस दिन धेरै शुभ रहने ज्योतिषीहरु बताउँछन्। यस्तै यसै दिन सिद्धि योग समेत बन्दै छ।
वैदिक सनातन हिन्दू धर्म अनुसार यम पञ्चककाे ठूलाे महिमा छ । यम पञ्चकका पाँचै दिनहरूले विशेष महत्व राख्दछन । काग तिहारमा कागलाइ यमराजकाे सन्देश वाहककाे रूपमा पूजा गर्ने र विहानै खानेकुरा खान दिने प्रचलन छ ।
कागलाइ अशुभ समाचार बाहककाे रूपमा हेर्ने र बर्षैभरि नरूचाइएता पनि यस दिन शुभ समाचार लिएर आइज भन्दै पूजा गरिन्छ । काँ काँ गरेर चर्काे स्वरमा कराउने भएकाले पनि काग नरूचाइएकाे हाे, तर सुमधुर स्वर निकाल्ने काेइलीकाे बच्चा कागले नै हुर्काउछ । तसर्थ तिताे, टर्राे पनि गुणकारी हुन्छ, स्वाद मात्र नमिठाे हुने हाे ।
ज्योतिष शास्त्र अनुसार काग तिहार / धनतेरस भएको दिन कुन राशी भएकोले के किन्न हुने र नहुने तथा पूजा गर्ने बिधि तल विस्तारमा दिईएको छ ।
१) मेष राशि भएकाले ( के किन्ने , पूजा कसरी गर्ने?)
–
सुन, चादी, भाडा, गहना, हिरा, विधुतीय उपकरण र कपडा किन्दा लाभ
मिल्नेछ ।
– मेष
राशिभएकाहरुले धनतेरसमा लक्ष्मी भगवान्को कृपा पाउनका लागि साझको समयमा आफ्नो घरको
मुख्य प्रबेशद्वारमा तेलको दियो बालेर त्यसलाई पुजा गर्नु पर्दछ ।
– नरक
चतुर्दशीको दिन आफ्नो घरको पूर्व दिशामा एक दियो बालेर राख्न राख्नुहोला ।
– दीपावलीको
दिन शुक्र यन्त्र र शनि यन्त्रको स्थापना गरेर पूजा गर्नुस् ।
– सेतो
कपडामा चन्दनको लेप लगाएर आफ्नो तिजोरीमा राख्नुहोस् ।
२) वृष राशि भएकाले ( के किन्ने , पूजा कसरी गर्ने?)
–
सुन, चादी, पीतल,हीरा, केशरी,कपडाहरु खरिद गर्न हुने तर
सवारीसाधन,
तेल, छालाको सामान, काठको फर्नीचर नकिन्दा राम्रो
– साझको
समयमा पीपलको ५ वोटा पातहरुलाई पहेंलो चन्दन लगाएर खोलामा बगाए धनको बचत हुने र
फिजूलखर्च रोकिने छ ।
– नरक
चतुर्दशीको दिन आफ्नो घरको दक्षिण दिशामा एक दियो बालेर राख्न जरुरी रहेको छ ।
– वृष राशि
भएकाले दीपावलीको दिन महालक्ष्मी यन्त्रको स्थापना गरि पूजा गरे राम्रो हुने छ ।
३) मिथुन राशि भएकाले ( के किन्ने , पूजा कसरी गर्ने?)
–
जग्गा,जमिन,घर, सुन, चादी किन्न हुने तर कसैलाई पनि उधारो दिन
हुदैन ।
– मिथुन राशि
भएकाले धनतेरसको दिन मा लक्ष्मीको कृपा पाउनका लागि बरको ५ वटा पातमा रातो चन्दन
लगाएर रातो कपडामा केही सिक्कालाई बाधेर घरमा राख्नु पर्छ ।
– नरक
चतुर्दशीको दिन आफ्नो घरको पश्चिम दिशामा एक दियो बाल्नु पर्छ ।
– दीपावली को
दिन मिथुन राशि भएकाले घरमा चादीको श्रीयंत्र लेराए सुभ-लाभ हुन्छ ।
– दीपावली को
दिन एक जटा भएको नरिवललाई रातो कपडामा बाधेर आफ्नो तिजोरीमा राख्नु पर्छ ।
– यसो
गर्नाले धन लाभ हुन्छ,
कुनै इच्छा
पनि पूरा हुन्छ र परिवारमा सुख-शान्ति आउँछ ।
४) कर्कट राशि भएकाले ( के किन्ने , पूजा कसरी गर्ने?)
–
चादी,विधुतीय उपकरण, भाडा, काठको फर्नीचर किन्न हुने तर फलाम
बाट बनेको कुनै पनि सामान किन्न नहुने
– माता
लक्ष्मीको कृपा पाउनको लागि काग तिहार धनतेरसमा कर्कट राशि भएकाले साझ पीपलको रुख
मुनि सर्सिउको तेल प्रयोग गरेर पंचमुखी दियो बाले लाभ हुने
– नरक
चतुर्दशीको दिन आफ्नो घरको उत्तर दिशामा एउटा दियो बाल्न जरुरी रहेको छ ।
– दीपावली को
दिन विष्णु मन्दिरमा एक पहेंलो त्रिकोण आकारको झण्डा चढाए आमदनी को स्रोत बढ्ने र
आर्थिक स्थितिमा सुधार आउने छ ।
५) सिंह राशि भएकाले ( के किन्ने , पूजा कसरी गर्ने?)
–
सिंह राशि
भएकाले धनतेरसमा आफ्नो नाम बाट कुनै पनि वस्तु खरदि नगर्दा राम्रो
– शनिको बास
भएको हुनाले सुन,
फलाम र
शेयरमा प्रबेश नगर्दा राम्रो
– तामाको
भाडा ,
कपडा र
बच्चाको लागि कुनै पनि सामग्री नकिन्दा राम्रो
– सिंह राशि
भएकाले धनतेरसमा गाईलाई खाना खुवाए र आफ्नो घरको पूर्व दिशामा एक दियो बाले देखि
कारोबारमा भएको नोक्सान बाट बच्ने र दरिद्रता हट्नेछ ।
– काग तिहार
बाट दीपावलीसम्म हरेक दिन आफ्नो घरको मुख्य द्वारको नजिक धेरै घिउ हालेर दियो बाले
सुभ हुने छ ।
६) कन्या राशि भएकाले ( के किन्ने , पूजा कसरी गर्ने?)
–
धनतेरसको
दिन कन्या राशिमा गजकेसरी योग बनेको हुनाले सुन, सम्पत्ति, हिरा, चादी , विधुतीय उपकरणहरु, गाडी,फर्नीचर किने देखि निकै नै लाभ
मिल्ने छ भने कालो रंगको वस्तु वा कपडा किने देखि अशुभ हुने छ ।
– कन्या राशि
भएकाले धनतेरसमा आर्थिक स्थिरताको लागि माता लक्ष्मीको मन्दिर मा २ वोटा
कमलगट्टेको माला चढाउनुस्
– नरक
चतुर्दशीको दिन आफ्नो घरको दक्षिण दिशामा एक दियो बाल्न जरुरी छ ।
– दीपावलीको
दिन रातो कपडाले श्रीफललाई बाधेँर आफ्नो तिजोरीमा राखे आर्थिक संकट हट्ने छ र धन
लाभ हुने छ ।
७) तुला राशि भएकाले ( के किन्ने , पूजा कसरी गर्ने?)
–
धनतेरसमा
तुला राशि भएकाले लगानी गरे लाभ हुने छ ।
– सुन, तामा, गाडी, चाँदी का समान खरीद गर्दा लाभ मिल्ने छ भने
फलामको सामग्री नकिन्दा उत्तम
– तुला राशि
भएकाले ऋणबाट मुक्त हुनका लागि माता लक्ष्मीको मन्दिरमा नरिवल चढाउनूस ।
– नरक
चतुर्दशीमा आफ्नो घरको पश्चिम दिशामा एक दियो बाल्नुहोस्
– दीपावलीको
दिन लक्ष्मी माताको मन्दिरमा कमल गट्टेको माला चढाए रोग, दुख र दरिद्रता सबै हटेर जान्छ र
भौतिक सुख प्राप्त हुने छ ।
८) बृश्चिक राशि भएकाले ( के किन्ने , पूजा कसरी गर्ने?)
–
बृश्चिक
राशि भएका मानिसहरुमा शनि को साढ़ेसात चलिरहेको हुदा काग तिहारको दिन आफ्नो नाममा
कुनै पनि सामान खरिद नगर्दा राम्रो
– फलामको
सामान र सुन किन्न नहुने तर परिवारमा कसैको नाम बाट चाँदी, भाडा , पित्तल, कपडा,फर्नीचर, बिधुतिय उपकरण खरिद गर्दा लाभ
हुने
– बृश्चिक
राशि भएकाहरुलाई घाटा बाट माथि आँउनका लागि मुर्दा घाट मा लगाइएको पानिको नाल या
कुवाको पानि लेराएर पीपलको रुखमा चढाए लाभ हुने
– नरक
चतुर्दशीमा आफ्नो घरको उत्तर दिशामा एक दियो बाल्नु पर्द छ ।
९) धनु राशि भएकाले ( के किन्ने , पूजा कसरी गर्ने?)
–
धनु राशि
भएकाहरुले घर,जग्गा,जमिन र बहुमुल्य वस्तु खरिद गर्दा
लाभ मिल्ने छ ।
– सुन, हिरा ,बहुमुल्य रत्न खरिद गर्दा पनि लाभ
हुने छ .
– नरक
चतुर्दशीमा आफ्नो घरको पूर्व दिशामा एक दियो बाल्नु होस् ।
– दीपावली को
दिन पीपल को पातमा लक्ष्मी मंत्र लेखेर आफ्नो तिजोरीमा राखे धन लाभ हुने छ ।
१०) मकर राशि भएकाले ( के किन्ने , पूजा कसरी गर्ने?)
–
कपडा, सुन, चादी, गाडी , किताब, बहुमुल्य रत्न, चादीको भाडा खरिद गर्दा धेरै लाभ
मिल्ने छ भने मकर राशि भएकाले विधुतीय उपकरण र घर,जग्गामा लगानी नगर्दा लाभ हुनेछ ।
– मकर राशि
भएकाले आफ्नो आय स्रोत बढाउनका लागि सर्सिउको तेलमा दियो बल्नु पर्दछ ।
– नरक
चतुर्दशीमा आफ्नो घरको दक्षिण दिशामा एक दियो बाल्नुहोस्
– दीपावलीको
दिन शनि यन्त्र र मंगल यन्त्रको स्थापना गरि पूजा गर्नु पर्द छ ।
– शनि यन्त्र
छ भने घरको पश्चिम दिशामा निलो कपडाले बाधेर राख्नुहोस
– दीपावलीको
दिन रातो कपडामा नरिवल राखेर आफ्नो तिजोरीमा राखे माता लक्ष्मीको घरमा स्थायी वास
हुने छ ।
११) कुम्भ राशि भएकाले ( के किन्ने , पूजा कसरी गर्ने?)
–
धनतेरसमा
कुम्भ राशि भएकाले लगानी गरे निकै नै लाभहुने छ ।
– घर, जग्गा , सवारीसाधन, किताब, विधुतीय उपकरण,फर्नीचर खरिद गर्दा निकै सुभ हुने
तर सुन वा बहुमुल्य रत्न भने खरिद गर्न नहुने
– कुंभ राशि
हुनेले स्थायी सुख-समृद्धिको लागि धनतेरसमा आफ्नो परिवारसँग लक्ष्मी-गणेश र कुबेर
जी को पूजा गर्नुहोस्
– नरक
चतुर्दशीमा आफ्नो घरको पश्चिम दिशामा एक दियो बाल्नुहोस्
– दिपावलीको
रात नरिवलको खबटामा घिउ हालेर दियो बाले लक्ष्मीको घरमा स्थायी वास हुने छ ।
१२) मीन राशि भएकाले ( के किन्ने , पूजा कसरी गर्ने?)
– सुनको आभूषण, चादीको भाडा, घर-जग्गा खरदि गर्दा निकै लाभ रहेको तर शेयर मा लगानी र अरुलाई उधारो दिए असुभ हुने
– मीन राशि भएकाले आफ्नो कारोबारमा फाईदा कमाउनु छ भने कुनै दुई वृक्ष रोपेर त्यसको सधै हेरविचार गर्ने संग्कल्प लिनुहोस्
– नरक चतुर्दशीमा आफ्नो घरको उत्तर दिशामा एक दियो बाल्नुहोस्
– दीपावलीको दिन पहेलो कपडामा बेसार राखी त्यसलाई ११ वोटा गाठो बनाएर आफ्नो तिजोरी मा राख्नुहोस
– माता लक्ष्मीको मन्दिरमा अगरबत्तीको दान गर्नाले कारोबार र काममा उन्नति मिल्ने छ ।