इथियोपियाली प्रधानमन्त्रीलाई सन् २०१९ को नोबेल शान्ति पुरस्कार

Investopaper, असाैज २५, २०७६

इथियोपियाका प्रधानमन्त्री आबी अहमद अलीलाई सन् २०१९ को नोबेल शान्ति पुरस्कार प्रदान गरिने भएको छ ।

‘शान्ति प्राप्तिका र अन्तर्राष्ट्रिय समन्वय’ जुटाउन उल्लेखनीय भूमिका निर्वाह गरेका कारण उनलाई पुरस्कार प्रदान गर्ने निर्णय गरिएको नोबेल समितिले जनाएको छ ।

नर्वेकाे राजधानी ओस्लोमा १०० औँ नोबेल शान्ति पुरस्कार विजेताका रूपमा आबी अहमदको नाम घोषणा गरिएको हो।

सन् १९९८ देखि २००० सम्म चलेको सीमा युद्धपछि २० वर्ष लामो सैनिक गतिरोध अन्त्य गर्दै इथियोपिया र इरिट्रियाबीच गत वर्ष एउटा शान्ति सम्झौता भएको थियो।

सन् २०१९ को नोबेल शान्ति पुरस्कारका लागि २ सय २३ जना व्यक्ति तथा ७८ संघसंस्थासहित ३ सय १ को मनोनयन परेको थियो । यस वर्षको नोबेल शान्ति पुरस्कारका लागि आबीसहित न्युजिल्यान्डकी प्रधानमन्त्री ज्यासिन्डा आर्डर्न र जलवायु क्षेत्रमा क्रियाशील ग्रेटा थनवर्ग पनि मनोनयमा परेका थिए ।

आगामी डिसेम्बरमा ओस्लोमा आयोजना हुने विशेष समारोहमा आबी अहमदलाइ ९० लाख स्विडिस क्रोन्स (करिब ९ लाख अमेरिकी डलर) पुरस्कार, पदक तथा प्रमाणपत्र प्रदान गरिने छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *