इप्पानकाे आयाेजनामा मंसिर पहिलो साता ऊर्जा सम्मेलन

Investopaper, असार १५, २०७६

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकको अगुवाइमा मंसिरको ५ र ६ गते काठमाडौंमा ऊर्जा सम्मेलन हुने भएको छ। स्वतन्त्र ऊर्जा उत्पादक संघ नेपाल (इप्पान) को आयोजनामा हरेक वर्ष हुँदै आएको ऊर्जा सम्मेलनको यो सातौं शृंखला हो।

विगतका उपलब्धिबारे समीक्षा गर्दै भविष्यमा नयाँ अवसर खोज्न हरेक वर्षजसो ऊर्जा सम्मेलन आयोजना हुँदै आएको छ। निर्वाचन सम्पन्न भई तीन तहका सरकार गठन भएपछि तीनै तहका सरकारले नयाँ अवसर सिर्जना गरेका छन्।

आन्तरिक बजारलाई नियमन गर्न तथा बाह्य बजारमा विद्युत् व्यापारलाई सहजीकरण गर्न विद्युत् नियमन आयोगको स्थापना भई सञ्चालनमा आएको हो। ग्रिडमा आधारित विद्युत् उत्पादनमा निजी क्षेत्रको योगदान ५५ प्रतिशत पुगेको छ। निजी क्षेत्रबाट थप ३००० मेगावाट क्षमताका जलविद्युत् आयोजना निर्माणको चरणमा छन् भने २,५०० जति निर्माणपूर्वको (सर्वेक्षण तथा उत्पादन लाइसेन्स) चरणमा छन्।

ऊर्जा सम्मेलनमा जलविद्युत् विकासकर्ता, सरकार, नियामक निकाय, विद्युत् प्राधिकरण, विकास साझेदारलगायत ऊर्जा क्षेत्रका सरोकारवालाको बृहत् सहभागिता हुने बताइएको छ। आजको अन्न्पुर्ण पोष्ट दैनिकमा खबर छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *