किन राम्रा कम्पनीलाई पनि धेरै मूल्य हाल्नु नराम्रो लगानी हुन्छ त ? हेर्नुहोस २० कम्पनीको अवस्था।
नेप्से बुलिस ट्रेन्डमा भएको बेला बजार प्रवेश गर्नुभएको नयाँ लगानीकर्ताले पक्कै पनि शेयर बजारलाई अर्कै ढङ्गले लिनु स्वभाविक नै हो। हरेक दिन बढिरहेको बजार देख्दा कसलाई पो लोभ लाग्दै न र? बढेको शेयर बजारको रौनकनै अर्को हुन्छ र लगानीकर्तामा विश्वासको पनि कमी देखिदैन। बजार चुलिएको बेला उच्च मूल्यमा पनि कम्पनीको शेयर किन्न इच्छुक मानसिकताले यसलाई दर्साउँछ।
तर बजारले यू टर्न लिन पनि समय लगाउँदैन भनेर जान्न पनि उत्तिकै जरुरी छ। नेप्से १८०० बाट ११०० मा झर्दाको अवस्था र मानसिकताको चित्रण गर्नुहोस्। यसले पनि तपाईलाई धेरै कुरा सिकाउँछ। नराम्रा कम्पनीको त कुरै छोडौ किन राम्रै कम्पनीका शेयर पनि उच्च मूल्यमा किन्दा नराम्रो लगानी हुन सक्छ भनेर जान्न आवश्यक छ। तपाई आफैले आफैलाई मात्र एउटा प्रश्न गर्नुहोस् कि के मैले किनेको कम्पनीको शेयर मूल्य त्यसले मलाई दिने प्रतिफल सँग मेल खान्छ कि खादैन भनेर।
बजार निरन्तर घटेको बेला सबै कम्पनीको शेयर मूल्य झर्नु स्वभाविक हो किनभने बजारको भावना नै त्यस्तै हुन्छ तर राम्रा कम्पनी छानेर लगानी गर्दा त्यसले दिने प्रतिफलले पनि तपाईलाई स्थिर हुन मद्धत गर्छ।
नेपाली बजार विशेष गरी राइट र बोनसको हल्लाले हौसिने गरेको पाइन्छ। बैंक तथा बित्तिय संस्थाको पुँजी बृद्धि गर्ने राष्ट्र बैंकको निर्णयले पनि बजार १८०० पुगेको थियो तर मर्जर नितिबाट पुँजी बृद्धि हुन नसक्दा सबैले राईट र बोनसको बाटो पहिल्याएका थिए। बिग मर्जर फेरि एउटा सम्भावनाको रुपमा आएको छ तर यसले तपाईलाई फेरि अर्को गलत निर्णय तर्फ धकेल्न सक्छ।
तलको टेबलमा हामीले लगातार राम्रो लाभाँश दिएका बीस कम्पनीलाई सूचीमा देखाएका छौ। नेप्से १८०० माथि पुग्दा यी कम्पनीको शेयर किन्नु भएको थियो भने अहिले को बजार अवस्थामा तपाई कस्तो स्थितिमा हुनुहुन्छ भनेर जान्नुहोस्। अन्तिम कोलुममा तपाईले आफ्नो लगानी मात्र उठाउन अहिलेको मूल्य भन्दा कति प्रतिशतले यी कम्पनीको शेयर बढ्नु पर्छ भनेर जान्नुहोस्। किन राम्रा कम्पनीको शेयर पनि धेरै मूल्यमा किन्नु नराम्रो लगानी हुन सक्छ भनेर बुझ्न यसले केही मद्धत गर्छ कि?
माथि देखाइए अनुसार ननलाईफ तिरको अब्बल शिखर इन्सुरेन्स, लाईफ इन्सुरेन्स तर्फको लिडर नेपाल लाईफ, नेशनल लाईफ र बेंकिङ समूहमा राम्रो मानिएको स्टाण्डर्ड चार्टडका शेयर चुलिएको बेला किन्नु भएको भए तपाईले आफ्नो लगानी मात्र उठाउन पनि यी कम्पनीका शेयर अझै लगभग न्यूनतम ९० प्रतिशत भन्दा माथिले बढ्नु पर्छ। नेपाल टेलिकम र साइनका शेयरधनी मात्र नाफामा देखिएका छन्।