कृषिमा वैदेशिक लगानी सम्वन्धमा योजना आयोगद्वारा छलफल सुरू

इन्भेष्टाेपेपर । माघ २०, २०७७

काठमाण्डाैँ । सरकारले कृषिमा वैदेशिक लगानी खुला गरेको विषयमा राष्ट्रिय योजना आयोगले छलफल थालेको छ । आयोगले सोमबार सरोकारवालाहरूलाई बोलाएर छलफल गरेको हो । कृषिमा वैदेशिक लगानी खुला गर्ने निर्णय आएपछि कृषि उद्यमीहरूले त्यसको विरोध गर्दै आएका छन् । उता, सर्वोच्च अदालतले पनि निर्णयलाई कार्यान्वयन नगर्न, नगराउन अन्तरिम आदेश गरेको छ ।

सरकारको यो निर्णय विवादमा परेपछि आयोगले यसको अध्ययन थालेको हो । आयोगका सदस्य डा. दिलबहादुर गुुरुङले सरोकारवालासँग छलफल गरी प्राप्त सुुझावलाई अध्ययन गरी निष्कर्ष निकालिने बताउनुुभयो । कृषि उद्यमी, किसान, नेपाल उद्योग वाणिज्य महासङ्घलगायत विभिन्न सङ्घ संस्थाबाट आएका सुुझावबारे आयोगले अध्ययन गर्ने र त्यसबाट आएको निष्कर्षमा पुनः सरोकारवालासँग छलफल गरिने उहाँले बताउनुुभयो । सबै क्षेत्रसँग छलफल गरिसकेपछि आउने निष्कर्षबारे सरकारलाई पनि जानकारी गराउने उहाँले बताउनुुभयो ।

छलफलमा कृषि उद्यमी तथा अन्य सरोकारवालाहरूले कृषिमा वैदेशिक लगानीबारे आवश्यक छलफल नभएकोमा गुनासो गरेका थिए । डेरी एसोसिएसन नेपालका महासचिव प्रह्लाद दाहालले लगानी खुला गर्नुअघि आवश्यक छलफल नभएको गुुनासो अधिकांशले गरेको बताउँदै यसलाई कार्यान्वयनमा ल्याउनुुभन्दा पहिले सरोकारवालासँग सरकारले आवश्यक छलफल गर्नुपर्ने सुुझाव आएको बताउनुुभयो ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव बैकुण्ठ आर्यालले कृषिमा वैदेशिक लगानी खुला गर्नाले नेपाली उद्योगीलाई कुनै प्रभाव नपार्ने धारणा राख्नुुभयो । प्रविधि विकासका लागि वैदेशिक लगानी खुला गरिएको बताउँदै उहाँले यसबाट कुनै पनि उद्योगी तथा किसान डराउन नहुने धारणा राख्नुुभयो ।

उहाँले वैदेशिक लगानीका उद्योग खुल्दा प्रतिस्पर्धा बढ्छ भन्दै प्रतिस्पर्धाले उत्पादनमा वृद्धि हुने त्यसले उपभोक्तालाई फाइदा नगर्ने हुनाले प्रतिस्पर्धाबाट नडराउन उद्योगीलाई सुुझाव दिनुुभएको थियो । कृषि तथा पशुुपन्छी विकास मन्त्रालयका सचिव डा. योगेन्द्र कार्कीले वैदेशिक लगानी खोल्नेबारे आवश्यक छलफल गर्नुपर्ने कुरामा जोड दिनुुभयो ।

उहाँले भन्नुुभयो, कृषिमा वैदेशिक लगानी चाहिँदैन त म भन्दिन, त्यो चाहिन्छ तर के केमा चाहिन्छ, कति अवाश्यकता छ, कहाँ आवश्यकता छ, कुन क्षेत्रमा आवश्यकता छ ती सबै कुराको अध्ययन र छलफल हुनुपर्छ । यो विषय सर्वोच्च अदालतमा विचाराधीन रहेको हुनाले यसमा धेरै बोल्नुु उचित नहुने धारणा पनि उहाँले राख्नुुभयो ।

डेरी क्षेत्रका उद्योगीहरू सुमित केडिया, अरनिको राजभण्डारी, फ्लोरिकल्चर एसोसिएसन नेपालको तर्फबाट कुमार कजसु श्रेष्ठलगायतले आ–आफ्नो सुुझाव दिनुुभएको थियो । उहाँहरूले स्वदेशी उद्योगले उत्पादन गर्न आफँै सक्षम रहेको बेला विदेशी लगानी ल्याउन नहुने सुुझाव दिनुुभएको थियो ।

वैदेशिक लगानी आए साना उद्योगी तथा किसानको व्यवसायी धरापमा पर्ने धारणा उहाँहरूले राख्नुुभएको थियो । याे समाचार गाेरखापत्र दैनिकमा प्रकाशित भएकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *