कृष्णनगरमा प्रहरीकाे गाेलीबाट मृत्यु हुने भारतीय

Investopaper, कार्तिक १४, २०७६

कपिलवस्तु — कपिलवस्तुको कृष्णनगरमा प्रहरीको गोलीबाट मृत्यु हुने भारतीय रहेको पुष्टि भएको छ । कर्फ्यु तोडेर गरिएको प्रदर्शनको नेतृत्व गरेका व्यक्तिमाथि प्रहरीले चलाएको गोली लागेको थियो । 

त्यसरी गोली लागेर मृत्यु हुनेमा भारतको सिद्धार्थ नगर जिल्लाका बासिन्दा रहेको पुष्टि भएको छ। उनी बढ्नीसँग जोडिएको भारतीय भूभागमा स्थायी घर भएका व्यक्ति रहेको पुष्टि भएको कपिलवस्तुका प्रहरी उपरीक्षक दीपशम्शेर जबराले बताए।

कृष्णनगरमा भएको झडपमा थप उत्तेजित तुल्याउन उनीसहितको ठूलो समूह नेपाल भित्रिएको प्रहरीले आँकलन गरेको छ। प्रदर्शनमा सहभागी धेरै नागरिक अनुहार नचिनिएका रहेको समेत स्थानीयवासीको भनाइ छ।

— रासस

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *