कोरोनाभाइरस: भारतका प्रधानमन्त्रीको सम्बोधन पछि मङ्गलवार मध्यरातदेखि २१ दिनका लागी “लकडाउनको” घोषणा

इन्भेष्टोपेपर। चैत्र १२,२०७६

भारतका प्रधानमन्त्रीले देशबासीका नाममा सम्वोधन गर्दै विश्व एकजुट हुन र जनतालाई सजग रहन र सरकारको पालना गर्न घरमै बसी सुरक्षीत रहन र आफू बचौँ र अरुलाई बचाउँ भनेका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशभरि आवतजावत तथा घुमफिरमा बन्देज लगाएर कोरोनाभाइरस सङ्क्रमण फैलनबाट रोक्न चाहेको बताए। उक्त बन्देज गएको मध्यरातबाट लागु भएको छ र आगामी २१ दिनसम्म जारी रहनेछ।

यो निर्णयले सम्पूर्ण जनसङ्ख्या तीन साता लामो कडा बन्देज अर्थात् ‘लकडाउन’ मा बस्न बाध्य भएका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीले देशका एक अर्ब ३० करोड जनतालाई आफ्नो सुरक्षाका निम्ति कसैले घरबाहिर ननिस्कन आह्वान गरेका छन्। अन्यथा भारत दशकौँ पछाडि धकेलिने उनले बताए।

कोरोनाभाइरस: कहिले रोकिन्छ? सामान्य अवस्था कहिले हुन्छ?

कोरोनाभाइरसः जनचासोका बारे ११ महत्त्वपूर्ण प्रश्न र तिनका उत्तर

लकडाउनको घोषणा लगत्तै घुइँचो

मङ्गलवार राति टेलिभिजनमा उनले गरेको सम्बोधनलगत्तै पसलहरूमा आवश्यक किनमेल गर्न मानिसहरूको भिड लागेको थियो।

भारतमा हालसम्म ५०० जनाभन्दा बढीमा कोरोनाभाइरस सङ्क्रमण भेटिएको छ भने १० जनाको ज्यान गएको छ। विश्वभरि सङ्क्रमणका सङ्ख्या चार लाख नाघेको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ।

अहिलेसम्म १८,००० जनाभन्दा धेरैको ज्यान गइसकेको छ।

दिल्ली र मुम्बईमा पहिले नै ‘लकडाउन’

बीबीसीकी दिल्लीस्थित संवाददाता रजिनी वैद्यनाथन भन्छिन्: दिल्ली तथा मुम्बईजस्ता सहरमा यसअघि नै प्रतिबन्ध घोषणा भइसकेका थिए। अब त्यस्तो बन्देज सम्पूर्ण देशमा लागु हुँदैछ। आइतवार भारतमा ‘जनता कर्फ्यू’ भनेर पनि लगाइएको थियो। त्यतिखेर प्रधानमन्त्री मोदीले आफ्ना घरबाटै ताली बजाएर स्वास्थ्यसेवकहरूको सम्मान गर्न आह्वान गरेका थिए। तर कतिपयले कुरा नबुझेर र्‍याली निकालेका थिए।

भारतमा यस्तो ‘लकडाउन’को परिणाम के होला भनेर भन्न सकिँदैन। यसको आर्थिक तथा सामाजिक परिणाम हुन सक्छन्। तर विश्वव्यापीरूपमा फैलिएको सङ्क्रमणका सामु यी उपाय आवश्यक रहेको पनि ठानिएको छ।

मोदीले सम्बोधनमा भनेका छन् “जान हे तो जहान हे” भनेका छन्। कोरोना बिरुद्ध लड्न सबै जनतालाई नआत्तिन, अनुशासनमा रहन र धर्य गर्न भनेका छन्।

कोभिड–१९ बारे जानकारी दिन मिडिया सेन्टर स्थापना

कोरोनाभाइरसः नेपालमा मङ्गवारदेखि एक साताका लागि ‘लकडाउन’

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *