कोरोना अपडेट : विश्वमा संक्रमितको संख्या ५ करोड ७८ लाख नाघ्यो

इन्भेष्टाेपेपर ।  मङ्सिर ६, २०७७

विश्वमा कोरोना भाइरस संक्रमिको संख्या ५ करोड ७८ लाख नाघेको छ । पछिल्लाे २४ घण्टामा ६ लाख ५९ हजार जना भन्दा धेरै संक्रमितहरू थपिएकाछन ।

विश्वमा काेराेना भाइरस सम्वन्धि तथ्याँकहरू सार्वजनिक गर्दै अाएकाे वल्ड्राेमिटरका अनुसार विश्वभरी ५ करोड ७८ लाख ९५ हजार ८९५ जना कोभिड-१९ संक्रमित भएका छन् । उक्त संक्रमणको कारण विश्वभरी १३ लाख ७६ हजार ८१० जना व्यक्तिको मृत्यु भएको बताएको छ ।

पछिल्लाे २४ घण्टामा ११ हजार ८९ जनाकाे काेराेना संक्रमणका कारण मत्यु भएकाे छ भने ६ लाख ५९ हजार ८ सय ६३ जना नयाँ संक्रमितहरूकाे पहिचान भएकाे छ । थपिएका संक्रमितहरकाे संख्या पनि अमेरिकाकै बढी रहेकाे छ भने भारत दाेश्राे स्थानमा नै कायम रहेकाे छ । पछिल्ला दिनहरूमा यूराेपमा संक्रमण दर बढिरहेकाे छ ।

यसैबीच विश्वभरी रहेका कुल संक्रमितमध्ये ४ करोड ९८ हजार ८७७ व्यक्तिहरू कोरोना भाइरस मुक्त भएका छन् । कोरोना भाइरसको कारण सवभन्दा बढी प्रभावित देश संयुक्त राज्य अमेरिकामा १ कराेड २२ लाख ७४ हजार भन्दा बढी संक्रमित मध्ये ७३ लाख १६ हजार निकाे भएर घर फर्किएका छन् भने ४६ लाख ९८ हजारमा भाइरसकाे प्रकाेप रहेकाे छ ।

11-21-2020

कोरोना संक्रमणबाट सबैभन्दा धेरै नागरिकको मृत्यु हुने देशमा पनि अमेरिका रहेको छ । कोरोना संक्रमणबाट अमेरिकामा २ लाख ६० हजार २ सय ८३ जनाको मृत्यु भएको छ । अमेरिकामा पछिल्ला दिनहरुमा पनि ठूलो संख्याका संक्रमितहरु थपिने क्रम जारी रहेको छ ।

कोरोना भाइरस संक्रमणबाट भारत र ब्राजिल दोस्रो र तेस्रो स्थानमा परेको छ । भारतमा ९० लाख ५० हजार भन्दा बढी कोरोना भाइरस संक्रमित रहेका छन् भने ब्रांजिलमा ६० लाख २० हजार भन्दा धेरै व्यक्ति कोरोना संक्रमित रहेका तथ्याँकले देखाएको छ । रूसलाइ पछिपार्दै फ्रान्स चौथो स्थानमा उक्लाएकाे छ । फ्रान्समा २१ लाख ९ हजार १७० जना संक्रमित रहेका छन् भने रूसमा २० लाख ३९ हजार ९२६ जना ।

यसकासाथै नेपालमा २ लाख १६ हजार ९६५ जना काेराेनाकाट संक्रमित भै छत्तिसाैं स्थानमा रहेकाे छ । यसअघि नेपाल चाैंतिसाैं स्थानमा रहेकाे थियाे भने नेपालकाे मृत्युदर समेत कम रहेकाे छ । हालसम्म १ हजार २ सय ९८ जनाकाे काराेना भाइरसका कारण मृत्यु भएकाे छ । संक्रमित मध्ये १ लाख ९१ हजारभन्दा बढी निकाे भएर घर फर्किएकाछन भने २४ हजार ६६५ जना संक्रमणमै रहेकाछन ।     
     
यसैगरि विश्वभर ४ कराेड ९८ हजार भन्दा बढि मानिसहरू संक्रमणमुक्त भएकाछन भने १ कराेड ६४ लाख भन्दा धेरै संक्रमितहरू रहेकाछन । विश्वको तुलनामा संक्रणमुक्त भएकाहरुको संख्यामा भारत अग्रस्थानमा रहेको छ । भारतमा ८४ लाख ७५ हजार ८९७ व्यक्तिलाई कोरोना भाइरस निको भएको छ ।

काेराेना भाइरसकाे उदगमस्थल मानिएकाे चीनमा भने यसकाे प्रभाव शुन्य सरह नै छ । दैनिकजसाे १० – २० जनामा संक्रमण पुष्टि भएकाे छ । पछिल्लाे २४ घण्टामा १७ जना नयाँ संक्रमित थपिएका छन् भने जम्मा ३ सय ११ जना मात्र सक्रिय संक्रमणकाे अवस्थामा छन । कूल संक्रमित ८६ हजार ३ सय ९८ मध्ये ८१ हजार ४ सय ५३ संक्रमणमुक्त भएका छन् भने ४ हजार ६ सय ३४ जनाकाे मृत्यु भएकाेछ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *