कोरोना विरुद्धको लडाइँमा ज्योति बैंकद्वारा एच​एफ​एनसँग सहकार्य​

इन्भेष्टोपेपर ।  जेष्ठ ०८, २०७७

ज्योति विकास बैंकले हेल्थ फाउण्डेसन नेपाल (एच​एफ​एन) सँग बुधबार रु २ लाख बराबरको आर्थिक सहायता सहितको सहकार्य गर्ने सहमति गरेकोछ।

बैंकले सामाजिक उत्तरदायित्वको लागि सिर्जना गरेको हाम्रो विकास प्रवर्द्धन कोष मार्फत ​एचएफ​एनलाई कोरोना विरुद्धको लडाइँमा संस्थाको एन​-९५ युभिजिआई डिकन्ट्यामिनेसन प्रोजेक्टको लागि सहयोग गरेको हो।

एचएफ​एनको एन​-९५ डिकन्ट्यामिनेसन प्रोजेक्ट अन्तर्गतको युभिजिआई प्रविधिले वर्तमान स्थितिमा स्वास्थ्यकर्मीहरुले प्रयोग गर्ने एन-९५ मास्क र पीपीईलाई पुन प्रयोग गर्न मिल्नेगरि जीवाणुरहित बनाउंदछ​। सो प्रविधि अन्तर्गत प्राविधिकरुपमा उपयुक्त ​डिकन्ट्यामिनेसन तरिका अपनाइएमा अल्ट्राभाइलेट प्रकाशको प्रयोगले एउटै एन-९५ मास्कलाई पनि कम्तिमा ५ पटकसम्म सुरक्षित तरिकाले पुन प्रयोग गर्न मिल्ने तथ्यहरुले देखाएको छ​​।

स्वास्थ्यकर्मीहरुको प्रयोगको लागि अत्यावश्यक एन-९५ मास्क र पीपीईको सजिलो पूर्तिको लागि यो प्रविधिले उल्लेखनीय योगदान पुर्याउनेछ​। एचएफ​एनले पहिलो चरणमा नेपाल सरकारको स्वास्थ्य तथा जनसङख्या मन्त्रालय र मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लाण्ट सेण्टरसँगको सहकार्यमा देशभरको २८ विभिन्न अस्पतालमा सो प्रविधि स्थापना गर्नेछ​।

डिजिटल सेमिनार मार्फत भ​एको उक्त सहकार्य सम्झौतामा ज्योति विकास बैंकको तर्फबाट बैंकका कामु प्रमुख कार्यकारी अधिकृत पारसराज कँडेल तथा हेल्थ फाउण्डेसन नेपाल (एच​एफ​एन) का कार्यकारी निर्देशक​ मदनराज भट्ट्ले हस्ताक्षर गर्नुभएकाे थियाे ।

हाल ज्योति विकास बैंकले १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ५६ वटा ATM मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ। हालसम्म बैंकले ३ लाख भन्दा बढि खाता बाट करिब रु. ३४ अर्ब निक्षेप संकलनगरी २० हजार भन्दाबढि ऋणीलाई करिब रु. २९ अर्व लगानी गर्न सफल भएको छ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *