गजल : सम्पतिले पूरा गर्छ जस्तो सुकै काम पनि
— अर्जुन सेढाई
अन्त कतै उदा~एछ पिरति को घाम पनि ।
त्यसैले त अँध्यारो छ मेरो सुन्दर गाम पनि ॥
रंगीचंगी भमरा को फुल ले चुम्बन भेटे पछि,
निष्ठुरीले बिर्सि होला यो दुखिको नाम पनि ।
सीतालाई रावण प्यारो भै दियो कलियुगमा,
गरीबीले एक्ला भाछन आजभोलि राम पनि ।
दिल भरि प्यार बोकी झुपडी मा जन्म लिएँ,
जति चोखो प्यार भएनी जरुर रैछ दाम पनि ।
पढेँ हजुर जिन्दगी लाई राम्रो सँगै पढेँ मैले,
सम्पतिले पूरा गर्छ जस्तोसुकै काम पनि ॥