गणपति माइक्रोफाइनान्सकाे लाभांश प्रस्ताव, बोनस कति ?

Investopaper, भाद्र ०४, २०७६

गणपति माइक्रोफाइनान्सकाे भदौ ३ गते बसेको सञ्चालक समितिको ५६ औं बैठकले गत आर्थिक वर्ष २०७५/०७६ को कमाईबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ ।

माइक्रोफाइनान्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको ७ प्रतिशतले हुन आउने ७२ लाख ४५ हजार रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०.३६८४ प्रतिशतले हुन आउने ३ लाख ८१ ह्जार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश  नेपाल राष्ट्र बैंकवाट स्वीकृत भएर लघुवित्तको आगामी साधारण सभाबाट पारित भएपछि मात्र शेयरधनीले पाउनेछन्।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *