गुराँस लघुवित्त कम्पनीको आईपीओ भोलि बैशाख १६ बाट आउने।
गुँरास लघुवित्त कम्पनीले यही बैशाख १६ गते बाट सर्वसाधारणको लागि २ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्ने भएको छ। यो निष्काशन बैशाख २० गते बन्द हुनेछ र यदी पूरै निष्काशनमा आवेदन नपरेमा यसको अवधि जेष्ठ १४ गते सम्म थप गरिनेछ।
गुराँस लघुवित्त कम्पनीले सर्वसाधारणको लागि २ लाख ५० हजार कित्ता शेयर निष्काशन गरेकोमा ५ प्रतिशत सामुहिक लगानी कोषका लागि दुई लाख १२ हजार ५०० कित्ता छुट्याएको छ। ०.५ प्रतिशत अर्थात ३ हजार ८७५ कित्ता प्राथमिक शेयर कर्मचारीहरुको लागि र बाँकी २ लाख ३३ हजार ६२५ कित्ता सर्वसाधारणको लागि निष्काशन गरेको हो।
आवेदकले कम्पनीको शेयरमा न्युनतम १० देखि बढीमा ५०० कित्ता सम्म आवेदन दिन सक्नेछन्। आवेदन दिन सि-आस्वा सुबिधा दिने बितिय संस्थामा गएर फारम भरेर अथवा मेरोशेयरको प्रयोग गरेर गर्न सकिनेछ।
यस कम्पनीकाे धितोपत्र निष्कासन तथा बिक्री प्रवन्धक एनआईबिएल एस क्यापिटल हो।
यस्तै कम्पनीले तेस्रो त्रैमासिक प्रतिवेदन पनि सार्वजनिक गरिसकेको छ। यहाँ क्लिक गरेर हेर्नुहोस् कस्तो छ त कम्पनीको प्रगति।
