ग्लोबल आइएमई र जनता बैंकको एकिकृत काराेवारकाे लागि १९ गते सेवा बन्द हुने

मंसिर १८, २०७६

जनता बैंक र ग्लोबल आइएमई बैंकको मंसिर १९ गते सम्पूर्ण कारोबार बन्द हुने भएको छ । दुबै बैंक एक आपसमा  गाभिएर मंसिर २० गतेदेखि एकिकृत कारोबार गर्ने हुनाले मंसिर १९ गते बैंकका सम्पूर्ण बैंकिङ कारोबार बन्द गर्ने भएका हुन ।

 मंसिर १८ गते साँझ ६ बजेदेखि मंसिर १९ गते राति १२ बजेसम्म बैंकका एटिएम सेवा, क्रेडिट कार्ड सेवा, मोबाइल बैंकिङ सेवा तथा इन्टरनेट बैकिङ सेवा समेत बन्द रहने बैंकले जनाएको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *