चाडबाडकाे अबसरमा हवाई भाडामा छुटदिने सेवा प्रदायककाे घाेषणा

Investopaper, भाद्र ३०, २०७६

काठमाडौं — निजी क्षेत्रको हवाई सेवाप्रदायक कम्पनीहरूले दसैं, तिहारमा यात्रुलाई १० प्रतिशत छुट दिने भएका छन् ।  नेपालीहरूको महान चाड दसैलाई लक्षित गरेर निजी हवाई सेवाप्रदायक कम्पनीहरूको छाता संगठन वायसेवा सञ्चालक संघ (आयोन)ले असोज १२ देखि कत्तिक १७ गतेसम्म १० प्रतिशत छुट दिने जनाएको छ।

आइतबार संघले प्रेस विज्ञप्ति जारी गर्दै हवाई टिकट सेवाप्रदायक कम्पनीको काउन्टरबाट नै खरिद गरेमा १० प्रतिशत छुट दिने भएको हो ।संघका प्रवक्ता योगराज कँडेलका अनुसार यात्रुलाई सहज यात्रा गराउन टिकटमा १० प्रतिशत छुट दिएर सेवा दिन लागेको बताए । उनले भने, “हवाई यात्रा सबै यात्रुको पहुँचमा पुग्न सकोस् भनेर चाडबाडलाई लक्षित गरेर छुट दिने निर्णय गरिएको छ।” विमानस्थल कर र इन्धनको मूल्यमा बाहेक वायुसेवा कम्पनीले लिने भाडामा छुट दिने व्यवस्था गरिएको संघले जनाएको छ ।

बजारमा टिकट पाईंदैन भन्ने हल्ला रहेको छ हवाई टिकट पूरै बुक नभएको र पर्याप्त हवाई टिकट रहेको पनि कँडेलले बताए। यदि यात्रुलाई टिकट पुगेन भने अतिरिक्त उडान थप गरेर भए पनि उडान भर्ने र दसैंमा यात्रुलाई गन्तव्यमा पुयाउन संघ कटिबद्ध रहेको कँडेलको भनाइ छ । “अहिलेसम्म खासै टिकट बुकिङ भएको छैन, विस्तारै हुने क्रममा छ। बाहिर हल्ला गरिएजस्तो बुकिङ प्याक पनि भएको छैन,” कँडेलले भने। यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *