चितवनको हाकिम चोकमा एनसीसी बैंकको नयाँ शाखा संचालन

इन्भेष्टोपेपर । चैत्र ०३, २०७७

नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि. (एनसीसी बैँक) ले चितवनको भरतपुरमा शाखा विस्तार गरेको छ । एनसीसी बैँकले चितवन जिल्लाको भरतपुर महानगरपालिका, वडा नं. ९ स्थित हाकिमचोकमा आफ्नो शाखा संचालनमा ल्याएको हो । सोमबार एक औपचारिक कार्यक्रमका बिच एनसीसी बैँकका अध्यक्ष उपेन्द्र केशरी न्यौपानेले उक्त शाखा कार्यालयको समुद्घाटन गर्नुभयो ।

अध्यक्ष न्यौपानेको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा चितवन उद्योग वाणिज्य संघका अध्यक्ष राजु श्रेष्ठ, चितवन उद्योग संघका अध्यक्ष राजु पौडेल, भरतपुर महानगरपालिका वडा नं ९ का प्रतिनिधि किशोर सापकोटा अतिथिका रुपमा उपस्थित हुनुहुन्थ्यो ।

सोही अवसरमा बैंकले विभिन्न व्यवसायहरुलाई वित्तिय कारोबारमा सहजताका लागि क्यू आर कोड हस्तान्तरण गरेको छ । क्यू आर कोड हस्तान्तरण गर्नुहुँदै एनसीसी बैँकका संचालक समिति अध्यक्ष उपेन्द्र केशरी न्यौपानेले स्थानिय निकायका पदाधिकारीहरुको समन्वयमा किसान केन्द्रित कार्यक्रम ल्याई बैँकले सेवा गर्ने जानकारी दिनुभयो ।

कार्यक्रममा आफ्ना भनाई राख्नुहुँदै चितवन उद्योग वाणिज्य संघका अध्यक्ष राजु श्रेष्ठले भरतपुर क्षेत्रको समग्र आर्थिक तथा सामाजिक रुपान्तरणका लागि झण्डै २० हजार निजि व्यवसायीहरु रहेको र उनिहरु सबैसंग सहकार्य गर्न सकिने धारणा राख्नुभयो । साथै उहाँले एनसीसी बैँकका कर्मचारीहरुसंग कार्य सहजता तथा उच्च स्तरको सेवा प्रदान गर्दै आएको अनुभव समेत साट्नुभयो ।

यस्तै चितवन उद्योग संघका अध्यक्ष राजु पौडेलले देशको अर्थतन्त्रमा उद्योग र उत्पादनसंग बैँक तथा वित्तिय सेवा बिचको सम्बन्ध तथा उद्यमशिलता प्रबद्र्धनका लागि एनसीसी बैँकको योगदान रहेको चर्चा गर्नुभयो ।

कार्यक्रममा स्वागत मन्तव्य दिनुहुँदै बैँकका सिइओ रमेशराज अर्यालले समग्र अर्थतन्त्र र व्यक्तिगत आर्थिक गतिविधिमा बैंकिङ क्षेत्रको अहम् भुमिका रहने भएकाले एनसीसी बैँकले सरल, सुलभ, समसामयिक, विश्वासिलो र सुरक्षित बैँकिङ सेवा प्रवाह गर्दै आएको र सो कार्यलाई निरन्तरता दिँदै हाकिम चोकमा शाखाको शुरुवात गरिएको उल्लेख गर्नुभयो ।

देशैभर शाखा सञ्जाल फैलिएको एनसीसी बैंकका ७ वटै प्रदेशमा गरि कुल १२८ शाखा संचालनमा रहेका छन् भने ८ वटा एक्स्टेन्सन काउन्टर संचालित छन् । यस्तै देशभर जम्मा १०७ वटा एटिएम सञ्चालन गरी बैँकले आफ्ना ग्राहकहरुलाई स्तरीय सेवा प्रदान गरिरहेको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *