छिमेक लघुवित्तको लाभांस प्रस्ताव नेपाल राष्ट्र वैंकबाट स्वीकृत भएन

Investopaper, Jan 06, 2019

छिमेक लघुबित्त वित्तीय संस्था लिमिटेडले घोषणा गरेको लाभांश शेयरधनीले नपाउने भएका छन्।  छिमेकले घोषणा गरेको लाभांस नेपाल राष्ट्र बैंकले सञ्चित कोषमा लैजान निर्देशन दिएकोले शेयरधनीलाइ लाभांस वितरण गर्न नपाउने भएको छ ।

छिमेक लघुवित्त वित्तिय संस्था लिमिटेडले ४० प्रतिशत लाभांश घोषणा गरेको थियो। जसमा १८ प्रतिशत बोनस शेयर र २२ प्रतिशत नगद लाभांश थियो।

संस्थाले प्रस्तावित लाभांश र वार्षिक वित्तीय विवरण स्विकृतिका लागि नेपाल राष्ट्र बैंक पठाएको थियो। तर केन्द्रीय बैंकले पुस १९ गते संस्थालाई पत्र लेख्दै लाभांस नबाँड्न निर्देशन दिएको छ।

कम्पनीले घाेषणा गरेकाे राम्राे लाभांस प्रस्तावले गर्दा समग्र शेयर बजारमै गिरावट हुँदा पनि शेयर मूल्यमा खासै कमि आएको थिएन।  अवकाे दिनमा शेयर मूल्य कसरी जान्छ भनेर लगानीकर्ताहरू जिज्ञाशा प्रकट गरिरहेका छन् ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *