छिमेक लघुवित्तको २९ प्रतिशत लाभांश पारित, २ जना सञ्चालक निर्वाचित

इन्भेष्टाेपेपर । माघ ०१, २०७७ 

छिमेक लघुवित्त वित्तीय संस्थाले प्रस्तावित २९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीको पुस २९ गते सम्पन्न वार्षिक साधारण सभाले उक्त लभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । 

सभाले २२ प्रतिशत बोनस शेयर र ७ प्रतिशत नगद लाभांश गरेर कुल २९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

साथै सभाले कम्पनीको सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालक पनि निर्वाचित गरेको छ । सभाले आगामी ४ वर्षका लागि कर्ण बहादुर घले र प्रकाश राज विष्टललाई निविरोध निर्वाचित गरेको हो । 

हालसम्म कम्पनीले ६७ जिल्लामा १३७ शाखा कार्यालयहरुबाट लघुवित्त सेवा प्रदान गर्दै आएको छ । 

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *