जोर्डनबाट ‘मेगा रेमीट’ सेवा शुरूवात

इन्भेष्टाेपेपर । माघ २८ २०७७

मेगा बैंक नेपाल लिमिटेडले जोर्डनमा ‘मेगा रेमीट’ सेवालाई विस्तार गरेको छ ।

जोर्डनको अलाउनी एक्सचेन्ज र मेगा बैंकबीच रेमीट कारोबारसम्बन्धी सम्झौता भएको हो । जोर्डनमा रहेका नेपालीहरुले अलाउनी एक्सचेन्जका २८ वटा शाखाहरुबाट नेपालमा रकम पठाउन सक्नेछन् ।

अलाउनी एक्सचेन्जबाट पठाएको रकम मेगा बैंकका सबै शाखा र देशभर छरिएका मेगा बैंकका ३२ सय भन्दा बढी एजेण्टमार्फत तुरुन्तै भुक्तानी लिन सकिने मेगा बैंकले जनाएको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *