ज्योति विकास बैंकद्वारा मध्यबिन्दु जिल्ला अस्पताललाई बेबी वार्मर प्रदान

इन्भेष्टाेपेपर । माघ ०३, २०७७ 

ज्योति विकास बैंकले मध्यबिन्दु जिल्ला अस्पताल, नवलपुर लाई माघ २ गते शुक्रबारको दिन एक थान बेबी वार्मर प्रदान गरेको छ। जिल्ला अस्पतालको प्राङ्गणमा आयोजित एक कार्यक्रम मार्फत राष्ट्रिय आविष्कार केन्द्र र ज्योति विकास बैंकले संयुक्तरुपमा सो बेबी वार्मर प्रदान गरेको हो। बेबी वार्मरले नवजात शिशुको शारिरिक तापक्रम उचित बनाईराख्न सहयोग गर्दछ।

कार्यक्रममा ज्योति विकास बैंकका तर्फबाट गण्डकी प्रदेश र चितवन जिल्ला क्षेत्रका क्षेत्रीय प्रमुख विशाल लामिछाने, बैंकको कावासोती शाखाका शाखा प्रबन्धक लोक नारायण मानन्धर र राष्ट्रिय आविष्कार केन्द्रका तर्फबाट संजय बहादुर सिंह द्वारा संयुक्त रुपमा मध्यबिन्दु जिल्ला अस्पताल व्यवस्थापन समितिका सदस्य तथा नवलपुर वाणिज्य संघका अध्यक्ष दासु राज पोखरेललाई सो बेबी वार्मर औपचारिक रुपमा हस्तान्तरण गरिएको थियो।

नवजात शिशुको शारिरिक तापक्रम उचित राख्न प्रयोग हुने बेबी वार्मरबाट मध्य बिन्दु जिल्ला अस्पतालमा प्रसुति सेवा लिन आउने बार्षिक करिब ३०० जना प्रत्यक्ष्यरुपमा लाभान्वित हुनेछन साथै शिशु मृत्युदर न्यूनीकरण गर्न समेत योगदान पुग्ने छ। सोहि कार्यक्रमको अवसरमा पी.पी.ई. र फेस शिल्ड जस्ता कोरोना भाइरस नियन्त्रण स्वास्थ्य सामग्री पनि अस्पताल लाई प्रदान गरिएको थियो।

बैंकले १२औं वार्षिकोत्सवको अवसरमा डा. महाविर पुनद्वारा प्रवर्द्धित राष्ट्रिय आविष्कार केन्द्रलाई १० वटा (न्यानो नानी) बेबी वार्मर बनाई देशका विभिन्न ग्रामीण तथा पहुंच नपुगेका अस्पतालहरुलाई हस्तान्तरण गर्ने सहकार्यका लागि रु. ८ लाख प्रदान गरेको थियो।

हाल ज्योति विकास बैंकले १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६१ वटा ब्त्ः मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ। हालसम्म बैंकले ३ लाख भन्दा बढि खाताबाट करिब रु।४५ अर्ब ८५ करोड निक्षेप संकलन गरी २३ हजारभन्दा बढि ऋणीलाई करिब रु। ३७ अर्ब ५९ करोड लगानी गर्न सफल भएको छ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *