नबिल बैंकको प्रगतिः खुद नाफामा १ नं. स्थान खुस्कियाे, अन्य सूचकहरू कस्ता ?
Investopaper, श्रावण २९, २०७६
नविल वैंक लिमिटेडले गत वर्षकाे चाैथाे त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेकाे छ । सधैभरी नाफामा १ नं. पाेजिसनमा रहेकाे वैंक यसपटक भने दाेश्राे हुन पेगेकाे छ । नविल वैंकले खुद नाफा ४ अरव २९ कराेड गरेकाे छ भने हालसम्म प्रकाशित विवरण मध्ये सबैभन्दा धेरै कृषि विकास वैंकले ४ अरव ३५ कराेड रूपैयां खुद नाफा गरेकाे छ।
समिक्षा अवधिमा प्रतिशेयर आम्दानीको हिसाबले वाणिज्य बैंकहरुमा सबैभन्दा आकर्षक देखिएको छ तर अघिल्लाे वर्षकाे तुलनामा भने केही घटेकाे छ । अघिल्लाे वर्ष ४९ रूपैया ५१ पैसा भएकाेमा गत वर्ष ४७ रूपैया ६५ पैसा कायम भएकाे छ ।
व्यवसायकाे बिस्तार २० प्रतिशतकाे हाराहारीमा बृद्धी भएता पनि धेरैजसाे सूचकांकहरू गत अघिल्लाे बर्षसंग तुलना गर्दा त्यति सन्ताेषजनक छैनन । समग्र बैंकिङ व्यवसायका हिसावले भने नराम्रा छैनन ।
पूंजीकाेष घटनु, निष्कृय कर्जा बढनु, वितरणयाेग्य नाफा घटनु, काेषकाे लागत र खर्च बढनु तथा अाधार व्याजदर बढनुले भविष्यमा निकै मेहनत गर्नुपर्ने देखाउंछ ।
नविल वैंकका प्रमुख वित्तीय सुचकांकहरू यस प्रकार रहेका छनः
- वैंकको चुक्ता पूंजी ९ अरव १ कराेड रहेकाे छ । गत भन्दा १२ प्रतिशतले बृद्धी भएकाे छ ।
- यस अवधिमा भाखा नाघेकाे कर्जा ०.७४ प्रतिशत छ,
- यस अवधिमा वैंकको प्रति सेयर आम्दानी (ईपिएस) ४७ रूपैया ६५ पैसा,
- प्रति सेयर नेटवर्थ २५८.०५ रूपैंया,
- आधार ब्याजदर ८.०९ प्रतिशत ,
- स्प्रेड दर ४.४३ प्रतिशत,
- कोषको लागत ६.१३ प्रतिशत
- पूंजी काेष अनुपात १२.७१ प्रतिशत,
- सीसीडि ७२.०९ प्रतिशत,
- शेयर मुल्य रू ८०० र
- मूल्य आम्दानी अनुपात १६९.७८ गुणा रहेकाे छ ।
वैंकिग क्षेत्रका हस्ति मानिने अनिल शाहकाे नेतृत्वमा रहेकाे वैंकले यस्ताखाले चुनाैतिहरूलाइ सहजै सामना गर्ने नै छ । अझ खरवपति विनाेद चाैधरीकाे नाम जाेडिएकाे बैंक १ नं. नै बन्न अवश्य कसरत गर्ने नै छ ।