निरन्तर सुझाव र आलोचना दिन पत्रकारलाई अर्थमन्त्रीको आग्रह

इन्भेष्टाेपेपर । कार्तिक १४, २०७७ 

काठमाडौँ — अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थमन्त्री पौडेलले लोकतन्त्रमा मिडियालाई चौथो अङ्गका रुपमा लिइने भएकाले सरकारका गतिविधिलाई निरन्तर नियालेर सुझाव र आलोचना दिन आग्रह गर्नुभएको छ ।  

 उहाँले मिडियाको निगरानीपूर्ण आँखाले सरकारलाई जनताको पक्षमा काम गर्न मद्दत गर्ने धारणा व्यक्त गर्दै मिडिया र पत्रकारलाई प्रोत्साहन, सहकार्य र सहयोग आदान–प्रदान गरी सरकार अघि बढ्ने स्पष्ट गर्नुभयो ।    

पत्रकारको हकहित, प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रतालगायतका विषयमा नेपाल पत्रकार महासङ्घका १३ बुँदे सुझावपत्र सिंहदरबारस्थित मन्त्रालयमा बुझ्दै मन्त्री पौडेलले पत्रकारको हकहित, प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रतालगायतका विषयमा महासङ्घसँग घनिष्ठ सम्बन्ध राखेर अघि बढ्ने बताउनुभयो । 

महासङ्घका अध्यक्ष गोविन्द आचार्य नेतृत्वको टोलीले उक्त सुझाव बुझाएको थियो ।

अध्यक्ष आचार्यले कोराना भाइरसले उत्पन्न गरेको जटिल स्थितिमा पनि अग्रमोर्चामा रहेर जिम्मेवारी बहन गरिरहेका सञ्चारकर्मी र सञ्चार प्रतिष्ठानमा परेको प्रभाव र असरबाट उत्पन्न समस्या सम्बोधनका लागि अल्पकालीन र दीर्घकालीन योजना तयार गर्न आग्रह गर्नुभएको थियो ।  (रासस)    

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *