निर्धन उत्थानको खुद नाफा ३२% ले बढ्यो, पूँजी बृद्धीकाे बावजुद इपपिएस पनि बढ्याे

Investopaper, श्रावण २२, २०७६

निर्धन उत्थान लघुवित्तले गत आ‍‍वमा खुद नाफा ३२.३४ प्रतिशतले बृद्धी गरेकाे वित्तीय विवरण सार्वजनिक गरेकाे छ । गत वर्ष २० प्रतिशत बाेनस दिएर पूंजी बृद्धी गरेकाे कम्पनीले पूंजी बृद्धीका वावजुद प्रति शेयर आम्दानीमा समेत सुधार गरेकाे छ ।

समिक्षा अवधिमा लघुवित्तले ७३ करोड ९५ लाख ९ हजार खुद नाफा आर्जन गरेकाे छ, जुन अघिल्लाे वर्षकाे साेही अवधिकाे भन्दा १८ कराेड बढी हाे । कम्पनीले प्रतिशेयर आम्दानी पनि अघिल्लाे बर्षकाे भन्दा ५ रूपैया ७१ पैसाले बढाएर ६१ रुपैयाँ ६३ पैसा कायम गरेको छ।

निर्धन उत्थान लघुवित्तको सबैभन्दा सबल पक्ष भनेकाे आकर्षक जगेडा काेष हाे । गत आर्थिक वर्ष २०७५/०७६ मा चुक्ता पूँजी एक अर्ब २० करोड रुपैयाँ रहेकाे कम्पनीकाे जगेडा कोषमा एक अर्ब ६२ करोड २० लाख रुपैयाँ सञ्चित छ। यस अवधिमा लघुवित्तको जगेडा काेष करीब ३० प्रतिशत अर्थात ३७ करोडले बढेको हो।

व्यवसाय विस्तार एकदम सन्तुलित देखिएकाे छ । निक्षेप करीब २९ प्रतिशतले बढदा कर्जा २७ प्रतिशतले बढेकाे छ । यस अवधिमा निष्कृय कर्जा २७ प्रतिशतले बढनु स्वमूल्यांकनमा निकै दुखदायी विषय हुनसक्छ, जसले नोक्सानी व्यवस्था बढ्न गै नाफा मै सिधा असर गर्दछ ।

निर्धन उत्थान लघुवित्तका प्रमुख वित्तीय सुचकांकहरू यस प्रकार रहेका छनः

  • चुक्ता पुंजी १ अरव २० करोड रहेकाे छ, बीस प्रतिशत पूंजी बृद्धी भ्एकाे छ ।
  • यस अवधिमा भाखा नाघेकाे कर्जा १.१७ प्रतिशत छ,
  • यस अवधिमा लघुवित्तकाे प्रति सेयर आम्दानी (ईपिएस) ६१ रूपैया ६३ पैसा,
  • प्रति सेयर नेटवर्थ २३५.१७ रूपैंया,
  • पूंजी प्रयाप्तता अनुपात १२.२० प्रतिशत,
  • कोषको लागत ८.७० प्रतिशत र
  • मूल्य आम्दानी अनुपात १३.६५ गुणा रहेकाे छ ।

Read Also : अन्य कम्पनीकाे वित्तीय विवरणकाे जानकारीकाे लागी यतातिर छिर्नुहाेस

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *