नेपालमा कोरोना सङ्क्रमित २ सय ५० पुगे : तीन दिनमा ९० जना थपिए

इन्भेष्टोपेपर । जेष्ठ ०१, २०७७

काठमाण्डाै । नेपालमा थप ७ जनामा कोरोना सङ्क्रमण पुष्टि भए सँगै सङ्क्रमितको संख्या २ सय ५० पुगेको छ । तीन दिनमा ९० जना सङ्क्रमित थपिएका छन ।

राष्ट्रिय जनस्वास्थ्य कार्यालय टेकुमा गरिएको परीक्षणमा सर्लाही धनकौल नगरपालिकाका ४५ वर्षीय पुरुष, धनुषको जनकपुर र मिथिला नगरपालिकाका ४० वर्षीय पुरुष र २० वर्षीया महिला तथा महोत्तरी जलेश्वर र बलवा नगपालिकाका १६ र ३५ वर्षका पुरुषमा सङ्क्रमण पुुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आजै काठमाण्डौ चन्द्रागिरीका ३२ वर्षका पुरुष  र कपिलबस्तुकी ६ वर्षीया बालिकामा पनि सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्ला केहि दिनहरूमा नेपालमा कोरोनाभाइरसको सङ्क्रमण बढेको देखिएको छ। बुधबार स्वास्थ्य मन्त्रालयले थप २६ जनामा सङक्रमण भएको विवरण सार्वजनिक गरेको थियो भने मङ्गलवार एकै दिन ५७ जना सङ्क्रमित भएको पुष्टि भएको थियो।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *