नेपाल इन्भेष्टमेण्ट बैंक र सिटी एक्सप्रेस फाइनेन्सकाे आजदेखि एकिकृत काराेबार सुरु

इन्भेष्टाेपेपर । माघ ११, २०७७

नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड (एनआईबीएल) ले गर्वका साथ आफ्नो र सिटी एक्सप्रेस फाइनेन्स कम्पनी लिमिटेड बीच आइतवारदेखि एकिकृत अपरेसन सुरु भएकाेछ। संयुक्त आपरेशन घन्टाघर, बिर्तामोड र गाईघाटका तीन शाखाहरूबाट सञ्चालन गरिनेछ । यी थप तीन शाखाहरूले बैंकका ग्राहकहरूलाई गुणस्तरीय बैंकिंग सेवाहरू प्रदान गर्नेछ।

नेपाल इन्भेष्टमेण्ट बैंकले ८६ शाखा, १२८ एटीएम, २० एक्सटेन्सन काउन्टरहरू, १० राजस्व संकलन काउन्टरहरू र ५९ शाखारहित बैंकिङ काउन्टरहरूमार्फत् आफ्ना ग्राहकहरूलाई सेवा पुर्याउँदै आएको छ।

पाँच पटकसम्म फाइनान्सियल टाइम्सबाट ‘बैंक अफ द ईयर’ अवार्ड पाइसकेको यस बैंक अन्तर्राष्ट्रिय प्रकाशन– युरोमनीबाट अनुकरणीय सेवा र व्यवसायका लागि ‘बेस्ट बैंक २०१८’ युरोमनी अवार्डबाट समेत पुरस्कृत भइसकेको छ । यसबाहेक, इक्रा नेपाल (अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ एजेन्सी–नेपाल) ले बैंकलाई ‘ए’ वर्गको क्रेडिट रेटिङ दिएको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *