नेपाल इन्भेष्टमेन्ट बैंक द्वारा उच्च प्रतिफल दिने निक्षेप तथा सरल कर्जा याेजना सञ्चालन

माघ २१, २०७६ | Investopaper

नेपाल इन्भेष्टमेन्ट बैंकले समाजमा बचतको बानी सहज तुल्याउने उद्देश्यसहित ९.२५ प्रतिशत ब्याजदरसहितको क्रमिक मुद्दती निक्षेप (रिकरिङ फिक्स्ड डिपोजिट) सञ्चालनमा ल्याएको थियो, जसमा ग्राहकहरूले न्युनमत ३३ महिने अवधिका लागि न्युनतम ३३३ रुपैयाँ क्रमिक निक्षेप जम्मा गरेर उच्च ब्याजदर पाईरहनु भएको छ । बैंकको ३३ औं वार्षिकोत्वसका अवसरमा ल्याइएको यो निक्षेप योजना बढ्दो वित्तीय सचेतनासङ्गै बजारमा स्थापित हुदै गईरहेको छ ।

यसबाहेक अंग्रेजी नयाँ वर्षका अवसरमा नेपाल इन्भेष्टमेन्ट बैंकले हरित पहल अभियान अन्तर्गत ग्रिन डबल फिक्स्ड डिपोजिट (जीडीएफडी) ल्याएको थियो । यस योजनाबाट संकलन गरिएका निक्षेपहरू दिगो, वातावरणमैत्री हरित परियोजनाहरूमा लगानी गरिनुका कारण यस योजनाले निक्षेपकर्ताहरूबीच लोकप्रियता कमाइ रहेको छ ।

सो योजना अन्तर्गत दिगो भविष्य सुनिश्चित हुनुका साथसाथै व्यक्तिको निक्षेप पनि ७.५ वर्षमा दोब्बर हुन्छ । यो योजनाअन्तर्गत संकलन गरिएको निक्षेप इको–लोन मार्फत हरित परियोजनाहरूमा लगानी गरिन्छ, जसमा एक वर्षकालागि निश्चित वार्षिक १०.५० ब्याजदर कायम गरिएको छ ।

यसका साथै नेपाल इन्भेष्टमेन्ट बैंकले देशका उद्यमीहरूलाई उत्थान गर्ने उद्देश्यमा केन्द्रीत रहँदै एक वर्षकालागि निश्चित ९.९९ प्रतिशत ब्याजदरको साना तथा मझौला उद्यमी (एसएमई) कर्जा पनि ल्याएको छ ।

स्थानीय स्तरमा रोजगारी सिर्जनाका साथै मुलुकमा उद्यमशीलता बढाएर देशको आर्थिक मापदण्डमा सकारात्मक परिवर्तन ल्याउन प्रत्यक्ष योगदान पु¥याउने एसएमई कर्जाको उद्देश्य हो ।

यसका साथै देशको विद्यमान कृषि क्षेत्रको आधारलाई सहयोग गर्ने तथा वर्तमान आर्थिक परिप्रेक्षमा यसलाई प्रबद्र्धन र आधुनिकीकरण गर्नमा केन्द्रीत हुँदै एक वर्षकालागि निश्चित वार्षिक १०.५० प्रतिशतको ब्याजदरमा उत्पादनशिल कृषि क्षेत्रमा प्रदान गर्ने गरी कर्जा योजना पनि बैंकले अघि सारेको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *