नेपाल इन्भेस्टमेन्ट बैंककाे ३५औं बर्षगाँठमा विभिन्न सुविधा घाेषणा

इन्भेष्टाेपेपर । फागुन १६, २०७७

नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड (एनआईबीएल) स्थापनाको ३५औं वर्षको कोशेढुंगा पार गरेको छ । बैंकको ३५ औं वार्षिकोत्सवको शुभ अवसरमा कोभिड–१९ को विश्वव्यापी महामारीका समयमा स्वास्थ्यकर्मी र अग्र स्थानमा रहेर काम गर्ने श्रमिकहरूप्रति एक्येबद्धता प्रकट गर्नका लागि “सम्मान र्याली” को आयोजना गर्याे ।

यसबाहेक, बैंकले स्वास्थ्यकर्मीहरूको लागि उचित ब्याजदरमा प्रबर्धनात्मक कर्जा योजना पनि सुरुवात गरेको छ । बैंकले डेबिट कार्ड, ईएमआइसहित क्रेडिट कार्ड, लकर, ई कमर्श (ई–कम) /अनलाइन भुक्तानी र एसएमई/खुद्रा कर्जा आदि बैंकिङ सेवाहरूमा ६५ प्रतिशतको विशेष छुट प्रदान गर्नेछ । यस अवसरमा बैंकले आफ्नो तेस्रो चित्रकथा (कमिक) पुस्तक “हाम्रोे सुख–दुःखका साथी, बैंक कति जाती” नामक पुस्तक पनि सार्वजनिक गरेको छ ।

यो पहल अन्तर्गत “चिडियाखानाको भ्रमण” र “बैंकसँगको नाता, मेरो आफ्नै बचत खाता,” शीर्षकका चित्रकथा पुस्तक सार्वजनिक गरिसकिएका छन्, यी चित्रकथा पुस्तकहरु विगतका वार्षिकोत्सवमा वित्तीय साक्षरता अभिवृद्धिका लागि प्रकाशन गरिएका हुन् ।

देशका सातै प्रदेशहरूमा फैलिएका ८७ शाखा, ३० एक्सटेन्सन काउन्टर, ५९ शाखारहित बैंकिङ केन्द्र र १३० एटीएममार्फत गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आएको छ । बैंकले देशभरि ३० हजारभन्दा बढी व्यक्तिलाई रु ५ अर्ब भन्दा बढी सीधै लघु कर्जा उपलब्ध गराएको छ ।

विगत ३५ वर्षको अवधिमा बैंकले संगठित क्षेत्र (कर्पोरेट), साना तथा मझौला उद्यम (एसएमई) र व्यक्तिगत ग्राहकहरू गरी १२ लाखभन्दा अधिक ग्राहकहरूलाई सेवा पुर्याइ सकेको छ र यस अवधिमा रु १६९ अर्बको निक्षेप संकलन तथा रु १५५ अर्ब रुपैयाँको कर्जाको पोर्टफोलियो कायम गर्दै विपन्न वर्ग तथा राष्ट्रिय राष्ट्रिय प्राथमिकताका क्षेत्रहरूमा बैंकिङ सुविधा उपलब्ध गराइ राष्ट्रिय अर्थतन्त्रको उत्थानमा योगदान पुर्याउँदै आएको छ ।

यस अवसरमा नेपाल इनभेस्टमेन्ट बैंक लिमिटेड सम्पूर्ण ग्राहक महानुभाव, सरोकारवाला तथा नियामक निकायका अधिकारीहरूप्रति उहाँहरूका सहयोग र मार्गदर्शनका लागि हार्दिक धन्यवाद र आभार व्यक्त गरेकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *