नेप्सेले ‘भिजिट नेप्से कार्यक्रम’ संचालन गर्ने, पूँजी बजारकाे जानकारी र अन्तक्रिया समेत गरिने
Investopaper, कार्तिक ०९, २०७६
नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले ‘भिजिट नेप्से कार्यक्रम’ गर्ने भएको छ। पूँजी बजार सम्बन्धी सचेतना अभिबृद्धी गर्ने अभिप्रायले कार्यक्रम आयोजना गर्न लागेको नेप्सेले एक सूचना प्रकाशित गरि जानकारी गराएकाे छ।
यस कार्यक्रम अन्तर्गत नेप्सेले स्कुल, कलेज तथा विश्वविद्यालयका विद्यार्थीहरूका साथै आम जनतालाई लक्षित गर्दै नेप्सेसँग सम्बन्धित पूँजी बजारका निकाय तथा प्रणालीका बारेमा जानकारी प्रदान गर्ने छ। कार्यक्रम निःशुल्क हुने छ।
‘भिजिट नेप्से कार्यक्रम’ मा सहभागी हुन चाहने शिक्षण संस्थाले पहिले नै नाम, ठेगाना तथा विद्यार्थी सङ्ख्या सहित कार्यालयमा सम्पर्क गर्नकाे लागि नेप्सेकाे सूचनामा जनाइएकाे छ।
दोस्रो बजारका बारेमा आम सर्बसधारणले जानकारी पाउँदा कारोबारमा सहयोग पुग्नुको साथै अन्तरक्रिया मार्फत चेतना अभिबृद्धि हुने नेप्सेको अपेक्षा छ।

