परराष्ट्रमन्त्री ज्ञवाली भाेली बिहीबार भारत जाँदै

इन्भेष्टाेपेपर । पुष २९, २०७७ 

काठमाडौं : परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको तीन दिने भारत भ्रमणको सिलसिलामा भाेली माघ १ गते विहीबार भारत प्रस्थान गर्नु हुँदैछ । नेपाल–भारत संयुक्त आयोगको छैटौं बैठकमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै ज्ञवाली भारत जान लाग्नुभएकाे हाे । 

नेपाल–भारत संयुक्त आयोगको यसपटकको बैठकमा नेपाल–भारत द्वीपक्षीय सम्बन्धबारे छलफल हुने परराष्ट्र मन्त्रालयबाट जारी विज्ञप्तिमा उल्लेख छ । साथै बैठकमा व्यापार, पारवहन, ऊर्जा, सीमा, कोभिड–१९ मा सहयोग, पूर्वाधार, आपसी सम्पर्क, लगानी, कृषि, पर्यटन, संस्कृतिलगायत विषयमा समेत छलफल हुनेछ ।

भ्रमणका क्रममा मन्त्री ज्ञवालीले भारतका उच्च पदाधिकारीहरूसँग समेत भेटघाट गर्ने विज्ञप्तिमा उल्लेख छ। नेपाली प्रतिनिधिमण्डलमा भारतका लागि नेपाली राजदूत, परराष्ट्र सचिव, स्वास्थ्य सचिवसहित उच्च सरकारी अधिकारीहरू समावेश हुनुहुन्छ । परराष्ट्रमन्त्री ज्ञवालीसहित प्रतिनिधी मण्डल माघ ३ गते स्वदेश फर्किने विज्ञप्तिमा उल्लेख छ । 

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *