पालुङ्गाकाे साग एक, फाइदाहरू अनेक

इन्भेष्टाेपेपर । पुष १८, २०७७ 

हरियो साग सबै भन्दा स्वस्थ्य खाद्य सामग्री मानिन्छ । बिरामी अवस्थामा समेत साग खानु स्वास्थ्यका लागि राम्रो मानिन्छ । साग मध्ये पनि पालुङ्गोको साग ‘सुपरफुड’ मानिन्छ । पालुङ्गोमा क्यालोरी थोरै भएपनि पोषक तत्व धेरै हुन्छ ।

पालुङ्गोको सागमा क्याल्सियम, म्याग्नेसियम र आइरन पाइन्छ । यसको नियमित सेवनले छाला, कपाल र हड्डी बलियो हुन्छ । यतिका गुणले युक्त पालुङ्गो सस्तो र सर्वसुलभ पाइन्छ ।

पालुङ्गोको सागका फाइदाहरू यस्ता छन् :

१. इम्युनिटी पावर बढाउछ : 

पालुङ्गोमा पाईने भिटामिन ए ले स्वास प्रस्वासका बिरामीलाई राम्रो गर्छ । हरेक दिन सानो कचौराको एक कचौरा साग खाँदा इम्युनिटी पावर बढछ र शरीर फुर्तिलो हुन्छ । नियमित रुपमा पालुंगोको साग खानाले स्मरण शक्ति बढनुका साथै आयोडिनका कारण दिमागी थकान समेत कम गर्न मद्दत गर्छ।

२. ब्लड प्रेशर कन्ट्रोल गर्छ : 

पालुङ्गोमा उच्च मात्रामा पोटाशियम पाइन्छ । ब्लड प्रेशर उच्च भएकाहरुलाई यसको सेवनले ब्लडप्रेशर सन्तुलनमा ल्याउन काम गर्छ । पोटाशियमले शरीरमा भएको सोडियमको मात्रा कम गराउन भुमिका खेल्छ ।

३. क्यान्सर हुनबाट जोगाउछ : 

पालुङ्गोमा हुने जक्सथिन र केरोटीनोडले शरीरमा हुने बिकारयुक्त तत्वलाई बाहिर निकाल्न सघाउ पुर्याउछ । शरीरमा उत्पादन हुने रेडिकल्सले क्यान्सरको जन्मगराउन सक्छ । पालुङ्गोले ति तत्वलाई बाहिर निकालिदिन्छ ।

४. हड्डी मजबुत बनाउछ : 

पालुङ्गोमा हुने भिटामिन के हड्डीका लागि निकै राम्रो मानिन्छ । एक कचौरा पालुङ्गोमा २५० मिलिग्राम क्याल्सियम पाइन्छ । नियमित पालुङ्गो खाँदा दाँतको समस्या हुँदैन भने हड्डी भाँचिने सम्भावना पनि कम हुन्छ ।

५. आँखाका झिल्ली मजबुत बनाउछ : 

पालुङ्गोमा पाईने एण्टीअक्सीडेण्ड आँखाका लागि निकै राम्रो मानिन्छ । मोतिबिन्दुलगायत आँखामा लाग्ने अन्य समस्या समाधानमा पनि पालुङ्गोले भुमिका खेल्छ । पालुङ्गोमा पाईने भिटामिन ए ले आँखाको झिल्लीलाई मजबुत बनाउछ ।

६. वजन घटाउन मद्दत गर्छ : 

यदि तपाई आफ्नो वोजन कम गराउन चाहनुहुन्छ भने नियमित पालुङ्गो खानुस् ठिक हुन्छ । यसमा क्यालोरी कम हुने र फाइबरको मात्रा बढी हुने भएकाले पनि मोटो मान्छेका लागि फलदायी हुन्छ ।

७. पत्थरी हटाउन सहयाेग गर्छः

पालुङ्गोको सागको रसलाई नियमित रुपमा नरिवलको पानीमा मिलाएर हरेक विहान पिउनाले मिर्गौलामा परेको पत्थरी हटाउन सहयोग पुग्छ ।

८. जण्डिस र थाइराइडमा लाभप्रदः

जण्डिसका रोगीले पालुङ्गोको साग काँचै चपाउनु निकै फाइदाजनक हुन्छ । थाइराइडको समस्या भएकाहरुका लागि समेत पालुंगोको सागको सेवनले फाइदा गर्छ ।

— एजेन्सीकाे सहयाेगमा

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *