प्रधानमन्त्रीको राजीनामाबारे छलफलगरि निष्कर्षमा पुगिने – परराष्ट्रमन्त्री ज्ञवाली

इन्भेष्टाेपेपर । फागुन १२, २०७७

काठमाडौँ — परराष्ट्रमन्त्री ज्ञवालीले प्रधानमन्त्री ओलीको राजीनामाबारे विभिन्न दलसँंग छलफल गरेर मात्र के गर्ने भन्नेमा निष्कर्षमा पुगिने जानकारी दिनुभयो । उहाँले मुुलुकलाई एउटा अन्योलमा राख्नुहुँदैन भन्ने पार्टीको भनाइ रहेको जनाउँदै प्रधानमन्त्रीले जे गर्दा देशका लागि उपयुक्त हुने हो त्यो  आवश्यक परामर्शपछि गर्नुहुन्छ  भन्नुभयो । 

“२०६७ साल असारमा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले राजीनामा दिँदा १७ पटक संसद्मा प्रधानमन्त्रीका लागि चुनाव गर्नुप¥यो,” उहाँले भन्नुभयो,“मुलुकलाई त्यो ढङ्गले अन्योलमा राख्नुहुँदैन । त्यसपछाडिको परिदृश्य के हुने हुने भनेर प्रष्ट नपारिकन  जिम्मेवार मान्छेले त्यत्तिकै जिम्मेवारीबाट पन्छिन मिल्दैन ।”

प्रवक्ता ज्ञवालीले पार्टी एकताका पक्षमा सधैँ रहेकोसमेत बताउनुभयो । उहाँले पार्टीभित्र गम्भीर राजनीतिक मतभिन्नता भए पनि  एकताबद्ध बनाएर लैजान सकियोस् भन्ने आफूहरुको प्रयास रहेको बताउनुभयो । एकताको आधार सही विचार, नेतृत्व र  सिद्धान्त भएको उहाँको भनाइ थियो । पार्टी स्थायी कमिटी बैठक बिहीबार पनि बस्ने छ । (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *