प्रधानमन्त्री कप महिला भलिबलको उपाधि एपीएफले उचाल्याे

इन्भेष्टाेपेपर । फागुन २६, २०७७

नेपालगञ्जमा सम्पन्न सातौँ प्रधानमन्त्री कप आमन्त्रण महिला भलिबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बलको एपीएफ क्लबले हात पारेको छ । साविकको विजेता पुलिस क्लबलाई सोझो सेटमा पराजित गर्दै एपीएफले उपाधि जितेको हो ।

उपाधि जितेसँगै एपीएफले रु पाँच लाख पुरस्कार पाएको आयोजक बाँके जिल्ला भलिवल सङ्घका अध्यक्ष टीएस ठकुरीले जानकारी दिनुभयो । उहाँका अनुसार, एपीएफ र पुलिस तीन/तीन खेल जित्दै फाइनलमा पुगेका थिए । फाइनलमा एपीएफले पुलिसलाई २५–२२, २५–२१ र २५–१९ ले पराजित ग¥यो । दोस्रो भएको पुलिसले रु दुई लाख हात पारेको छ ।

यसैगरी न्यू डायमण्डले लुम्बिनी युनाइटेडलाई २५–१६, २५–११ र २५–१३ कौ सोझो सेटमा पराजित गर्दै तेस्रो स्थान हासिल गरेको छ । तुलनात्मकरुपमा कमजोर रहेको लुम्बिनीविरुद्ध न्यू डायमण्डले दोस्रो रोजाइका खेलाडीलाई उतारेको थियो । न्यू डायमण्डले रु एक लाख पुरस्कार हात पारेको छ । प्रतियोगितामा चौथो भएको त्रिभुवन आर्मी क्लबले रु ५० हजार पुरस्कार पाएको छ ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी एपीएफकी सरस्वती चौधरीले रु २५ हजार पुरस्कार प्राप्त गर्नुभएको छ । प्रतियोगिताका विजयी टीमलाई राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव रमेश सिलवाल, प्रदेश सांसद कृष्णा केसी नमूना, नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख डा धवलशमशेर राणा, राखेपका सदस्य सुमित्रा चौधरीलगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *