प्रेस यूनियनको महाधिवेशन मंसिर महिनामा गर्ने निर्णय

नेपाल प्रेस यूनियनको सचिवालय बैठकले आगामी महाधिवेशन मंसिर महिनामा गर्ने निर्णय गरेको छ ।

प्रेस यूनियनका अध्यक्ष बद्री सिग्देलले मंसिर २८ र २९ गते यूनियनको नवौं महाधिवेशन काठमाडौंमा आयोजना गर्ने निर्णय गरिएको जानकारी दिए ।

प्रेस यूनियनका डोल्पा र मुस्ताङबाहेक सबै जिल्लामा जिल्ला शाखा छन् भने काठमाडौँ र कैलालीमा उपशाखा तथा सात प्रतिष्ठान शाखा छन् ।

सचिवालय बैठकले नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष डा. सुरेश आचार्य, प्रेस यूनियनका पूर्व अध्यक्ष समिरजंग शाह र पत्रकार कबिर राणालाई यूनियनको सल्लाहकारमा मनोनित गरेको छ ।

अहिलेसम्म ७१ जिल्ला र प्रतिष्ठान शाखाको अधिवेशन सम्पन्न भइसकेको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *