बिओकेका पूर्व सीईओ श्रेष्ठ १ करोड धरौटीमा रिहा हुने

Investopaper, मंसिर ०९, २०७६

बैंक अफ काठमाण्डूका पूर्व प्रमुख कार्यकारी अधिकृत अजय श्रेष्ठ १ करोड रुपैंया धरौटीमा रिहा हुने भएका छन् । आइतबार सर्वोच्च अदालतका न्यायाधीसहरु सपना मल्ल प्रधान र कुमार रेग्मीको संयुक्त इजलाशले उच्च अदालतको निर्णयलाई बदर गर्दै १ करोड रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

बैंक अफ काठमाण्डूका पुर्व प्रमुख कार्यकारी अधिकृत श्रेष्ठसंगै किरण कुमार बोहोरालाई पनि सर्वोच्चले १ करोड रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

यस अघि उच्च अदालत पाटनले कमसल धितो प्रकरणमा श्रेष्ठलाई थुनामा राख्ने आदेश दिएको थियो । उच्च अदालतको आदेश चित्त नबुझेपछि श्रेष्ठ सवोच्च अदालतमा रिट दायर गरेका थिए ।

झापाका ऋणी सुरेन्द्र श्रेष्ठले खाेलामा रहेकाे जग्गा धिताे राखेर बैंक अफ काठमाण्डाैबाट पाँच करोड रुपैयाँ कर्जा लिएका थिए । ऋणिले कर्जा चुक्ता नगरेपछि छानविन गर्दा कमसल धिताे राखि ऋण प्रवाह गरेकाे आरोपमा उच्च अदालतले श्रेष्ठलाई थुनामा राख्ने आदेश दिएको थियो । सो आदेश आए पछि श्रेष्ठ सर्वोच्चको शरणमा पुगेका थिए ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *