बेलायतमा चिनियाँ प्रविधि कम्पनी ह्वावेइद्वारा प्रचार तीव्र

इन्भेष्टोपेपर ।  जेष्ठ  २९, २०७७ 

लन्डन । बेलायत सरकारले चिनियाँ प्रविधि कम्पनी ह्वावेइका उपकरण प्रयोग गर्ने बारेमा सकारात्मक सङ्केत देखाएलगत्तै ह्वावेइले कम्पनीका सामग्रीको विज्ञापनलाई तीव्र बनाएको छ ।

अमेरिकी ट्रम्प प्रशासनले ह्वावेइ माथि चौतर्फी घेराबन्दी गरेका कारण पश्चिमी मुलुकमा ह्वावेइका सामग्री बिक्रीमा कठिनाइ उत्पन्न भइरहेको समयमा बेलायतको पछिल्लो सङ्केतले ह्वावेइ उत्साहित भएको छ । ह्वावेइ चीनको विशाल प्रविधि कम्पनी हो । यसले तीव्र गतिको फाइब–जी दूरसञ्चार नेटवर्क विकास गर्नुका साथै सस्तो मूल्यमा मोबाइल सेट समेतका विद्युतीय सामग्री उत्पादन र बिक्री गर्दै आएको छ ।

ह्वावेइको फाइब–जी प्रविधि मार्फत चीनले देशका महत्वपूर्ण सूचनामा पहुँच कायम गर्ने र त्यसको चोरी गर्ने सम्भावना रहेको अमेरिकी आरोप छ । तर ह्वावेइले अमेरिकी आरोपको निरन्तर खण्डन गरिरहेको छ । ह्वावेइका कारण चीन र अमेरिकाबीच विवाद समेत भइरहेको छ ।

यसैबीच क्यानाडाका दुई ठूला दूरसंचार प्रदायक कम्पनीले ह्वावेइका दूरसञ्चार उपकरण खरिद नगर्ने घोषणा गरेका छन् । ( रासस / एपी )

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *