बैंकर्स संघको बैठकः ब्रोकर लाइसेन्स वितरण गर्न माग
Investopaper, भाद्र ११, २०७६
नेपाल बैंकर्स संघको भदौ ११ गते बुधबार बसेको बैठकले वाणिज्य बैंकका सहायक कम्पनीहरुलाई तत्काल ब्रोकर लाइसेन्स वितरण गर्न माग गरेको छ ।
धेरै लामाे छलफल र कार्यविधि तयार गरेर नेपाल स्टक एक्सचेन्जले वाणिज्य बैंकका सहायक कम्पनीहरूलाइ ब्राेकरेज लाइसेन्सकाे आवेदन दिनका लागि सूचना जारी गरेकाे थियाे । साेहि अनुरूप प्रकृया पूरागरि आवेदन दिएका बैंकहरुलाई समेत ब्रोकर लाइसेन्स दिने प्रकृया स्थगित गरेपछि तत्काल लाइसेन्स वितरण गर्न माग गरेको हो ।
अर्थ समितिले वाणिज्य बैंकहरूलाइ ब्राेकर लाइसेन्स दिने सम्वन्धी छानविन गर्नकाे लागि उपसमिति गठन गरेकाे हुंदा उक्त उपसमितिकाे प्रतिवेदन नआउन्जेल लाइसेन्स वितरण प्रकृया नेप्सेले स्थगन गरेकाे थियाे ।
अर्थ समितिका सभापति स्वयंले लाइसेन्स वितरण प्रकृया अवरूद्ध नगरेकाे विभिन्न फाेरमहरूमा जानकारी गराएकाे अवस्था छ । बैंकर्स संघकाे वैठकले पनि लाइसेन्स वितरण कार्य राेक्न जायज नभएकाे हुंदा सुचारू गर्न माग गरेकाे छ ।