महिला लघुवित्तको ४ लाख कित्ता आईपीओ माघ २८ गतेदेखि आउँदै

इन्भेष्टाेपेपर । माघ १९, २०७७

महिला लघुवित्त वित्तिय संस्था लिमिटेडले माघ २८ गतेदेखि सर्बसाधारणको लागि साधारण शेयरकाे बिक्रि खुला गर्ने भएको छ । कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यको ४ लाख कित्ता शेयर विक्री गर्न लागेको हो ।

कम्पनीकाे जारी पुँजी १० लाख रहेकाेमा उक्त जारी पूँजीकाे ४० प्रतिशतले हुन आउने ४ करोड रकम बराबरको शेयर निष्काशन गर्न लागेकाे हाे । हाल जारी गर्न लागिएको ४ लाख कित्ता शेयर मध्ये जारी पुँजीको ०.५ प्रतिशत अर्थात ५ हजार कित्ता शेयर कर्मचारीहरु तथा सर्वसाधरणलाई छुट्याइएको शेयर मध्ये ५ प्रतिशत अर्थात २० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि प्रदान गरिने छ ।

कर्मचारी तथा सामूहिक लगानी काेषलाइ कटाएर बाँकी रहने ३ लाख ७५ हजार कित्ता साधारण शेयरको सार्वजनिक निष्काशन गर्न लागेको नेपाल एसबिआइ मर्चेन्ट बैंकिँगले जनाएकाे छ । याे साधारण शेयर निषकाषनकाे लागि महिला सहयात्राका तर्फबाट सिइओ कृष्ण न्याेपाने र मर्चेन्ट बैंकिँगकाे तर्फबाट सिइओ राेशनी भारतीले सम्झाैतापत्रमा हस्ताक्षर गर्नु भएकाे थियाे । 

यो आईपीओ खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्म छिटोमा फागुन २ गते र ढिलोमा फागुन १२ गतेसम्म आवेदन दिन सकिनेछ । 

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *