मुक्तिनाथ विकास बैंकको ‘होली सप्ताह अफर’
इन्भेष्टोपेपर । चैत्र ०७, २०७७
मुक्तिनाथ विकास बैंक लि.ले फागू पूर्णीमाको अवसरमा ‘ होली सप्ताह अफर’ ल्याएको छ । यस अफर अन्र्तरगत चैत्र ०६, २०७७ देखि चैत्र १३ गते, २०७७ भित्र मुक्तिनाथ बैंकको सामान्य बचत खाता खोलेमा रु १०० मा नै मुक्तिनाथ भिसा डेबिट कार्ड पाउन सकिनेछ ।
यसका लागि ग्राहकले डेबिट कार्डको लागि फारम या आवेदन पनि यँहि अफर समय अवधि ( चैत्र ०६,२०७७ देखि चैत्र १३ गते, २०७७) भित्र दिनु पर्नेछ । साथै ग्राहकले खाता खोलेको मिति देखि ३ महिना सम्म मुक्तिनाथ मोबाइल बैंकिङ्गको सुविधा निशूल्क लिन सक्नेछन् ।
यस होली सप्ताह अफर सँगै ग्र्राहकले चाहानुभएमा निशूल्क डिम्याट खाता पनि बैंक मार्फत खोल्नसक्नु हुनेछ । बचत र डिजिटल कारोबारको प्रोत्साहन गर्न बैंकले यो अफर ल्याएको हो ।
विकास बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न भिषा नेटवर्क अन्तर्गतको जुन सुकै बैंकको एटिएमबाट विना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको छ । त्यसै गरी मोबाईल बैंकिङ्ग, क्यूआर कोड स्क्यान, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा आदि जस्ता कार्यहरु बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था गरिएको छ ।
