“यस्तो माया”ले छोटो समयमै सफलता पाउन सफल (भिडियाे)

इन्भेष्टोपेपर । बैशाख ३०, २०७

गीतकार निशा शर्मा अर्यालको “यस्तो माया” बोलको गीतले छोटो समयमै सफलता पाउन सफल भएको छ।

गीत सार्वजनिक भएको छोटो समयमानै गीतलाई यूट्यूबमा २० लाख भन्दा धेरै पटक हेरिएको छ। गीतमा गायक प्रताप दास र गायिका बेनिशा पौडेलको सुमधुर आवाज सुन्न सकिन्छ भने दिपक शर्माले संगीत भरेका छन् ।

बिधान कार्कीले निर्दशन गरेको म्युजिक भिडियोमा नायक पल शाह र मोडल उषा उप्रेती भिडियोमा फिचर्ड छन् । पल र उषाको केमिस्ट्री भिडियोमा गजब देखिएको छ।

म्युजिक भिडियोमा उत्सव दाहालको छायांकन , विकाश दाहालको सम्पादन ,नन्दा अधिकारिको मेकअप समाबेस रहेको छ। गीतकार अर्याल यतिबेला अर्को नयाँ गीत जे भयो ठिकै भयो बजारमा ल्याउने तयारीमा छिन।  जहाँ दिपक शर्माको संगीत ,रामककृष्ण ढकालको स्वर सुन्न सकिनेछ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *