रोटरीद्वारा नेपालमा ३ अर्बबराबरको सामाजिक काम गर्ने घोषणा

Investopaper, मंसिर ०६, २०७६

काठमाडौं।  रोटरी इन्टरनेसनल ३२९२ नेपाल–भुटानले राजधानीमा विभिन्न देशका राजदूत तथा कूटनीतिक प्रमुखको भेटघाट कार्यक्रम आयोजना गरेको छ । सो कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई प्रमुख आतिथ्यका रूपमा आमन्त्रित गरिएको थियो ।

सो क्लबका डिस्ट्रिक गभर्नर किरणलाल श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा अमेरिकाका लागि पूर्वराजदूत केदारभक्त श्रेष्ठले कार्यक्रमबारे जानकारी दिएका थिए ।
क्लबका पूर्वडिस्ट्रिक गभर्नर एवं नेपाल सरकारका पूर्व मुख्य सचिव तीर्थमान शाक्यले रोटरीले नेपालमा गरेको सामाजिक कार्यका विषयमा प्रकाश पारेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीले रोटरी क्लबका ३२९२ ले नेपालमा गरेका सामाजिक कार्यको प्रशंसा गर्दै विकट क्षेत्रमा पुर्याएको सेवाका लागि रोटरी धन्यवादको पात्र रहेको बताउन पाउँदा आफूलाई खुसी लागेको तथा आफ्नो ऐक्यबद्वतासमेत रहेको बताए । 

विभिन्न ११ देशका कूटनीतिज्ञको उपस्थिति रहेको गोष्ठीमा डिस्ट्रिक्ट गभर्नर किरणलाल श्रेष्ठले विश्वमा ३४ हजार क्लबको सञ्जाल रहेको रोटरीले नेपालमा यो वर्ष ३ अर्बबराबरको सामाजिक कार्य गर्ने जानकारी दिँदै हाल नेपालमा १ सय २१ वटा क्लबमार्फत करिब ४ हजार ७ सय रोटरीहरूले सामाजिक सेवा गरिरहेको बताए । यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *