लघुवित्तमा मर्जरकाे लहरः महुली लघुवित्तले पनि मर्जर समिति बनायाे
Investopaper, भाद्र २३, २०७६
महुली लघुवित्त वित्तीय संस्थाले पनि मर्जर समिति गठन गरेको छ। कम्पनीको भदौ २० गते शुक्रबार बसेको सञ्चालक समितिको बैठकले अन्य लघुवित्त वित्तीय संस्थालाई आफुमा गाभ्न तथा गाभिन प्रकृयामा आवश्यक छलफल गर्नको लागि मर्जर समिति गठन गरेको हो।
कम्पनीले सञ्चालक भानुभक्त निरौलाको संयोजकत्वमा तीन महिनाभित्र प्रतिवेदन पेश गर्ने गरी ३ सदस्यीय मर्जर समिति गठन गरेको हो। मर्जर समितिको सदस्यमा केशव प्रसाद भण्डारी र सदस्य सचिवमा रोसन कुमार मण्डर रहेको कम्पनीले जनाएको छ।
सप्तरीमा केन्द्रीय कार्यालय रहेको महुली लघुवित्तको चुक्ता पूँजी १० करोड २० लाख रुपैयाँ छ।

