व्यापार युद्ध सल्ट्याउन चीन अमेरिकासँग सहकार्य गर्न तयार

बीबीसी । चीनले संयुक्त राज्य अमेरिकासँग सहकार्य गर्न तयार रहेको बताएको छ । यसलाई दुई देशबीच जारी व्यापारिक वार्तामा प्रगतिको संकेतको रुपमा लिइएको छ ।

चीनले डिसेम्बर महिनामा भएको जीट्वान्टी को सम्मेलनमा अमेरिकासँग भएको महत्वपूर्ण सहमतिलाई कार्यन्वयनमा ल्याउन काम गर्न इच्छुक रहेको बताएको छ । अर्जेन्टीनाको राजधानी व्युनस आयर्समा भएको सम्मेलनमा ती दुई देशले वार्ताको लागि वातावरण बनाउको लागि ९० दिनसम्म कुनै नयाँ भन्सार कर नलगाउने सहमति गरेका थिए ।

शनिबार एक ट्विट गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि ‘वार्ता एकदम राम्रोसँग अगाडि बढिरहेको’ बताएका थिए । चिनियाँ विदेशमन्त्रीका प्रवक्ता लु काङबाट शनिबार आएको वक्तव्य हेर्दा ट्रम्पको आशा सही देखिन्छ ।

“चिनियाँ राष्ट्रपति सी जिनपिङ र राष्ट्रपति ट्रम्पबीच भएको महत्वपूर्ण सहमतिलाई कार्यन्वयन गर्न अमेरिकासँग काम गर्न तयार छौं । साथमा आपसी फाइदाको अधारमा सहकार्य विस्तार गर्ने, आपसी सम्मानको अधारमा भिन्नता मिलाउन तयार छौं,” लुले भने ।

अर्जेन्टिनामा भएको जीट्वान्टी वैठक अघि अमेरिकाले थप २०० अर्ब अमेरिकी डलर बराबरको चिनियाँ सामानमा २५% भन्सार कर लगाउनेबारे सोचिरहेको बताइएको थियो । यो दर प्रारम्भमा भनिएको १० प्रतिशत दरभन्दा दोब्बरभन्दा बढी हो । ह्वाइट हाउसले उक्त भंसार कर चीनको अनुचित व्यापार नीतिको विरोधमा भएको भन्छ । ट्रम्प यसले चीनसँगको व्यापारमा अमेरिकाले ठूलो व्यापार घाटा व्यहोर्नु परेको आरोप लगाउछन् ।

व्यापार युद्ध पृष्ठभूमि
ट्रम्पले आफ्नो राष्ट्रपतिको चुनावी अभियानमा अमेरिकाको पक्ष व्यापार निष्पक्ष बनाउने बाचा गरेका थिए । उनले बारम्बार चीनको व्यापार अभ्यासले गर्दा अमेरिकी निर्माताहरुले प्रतिस्पर्धा गर्न नसकेको आरोप लगाए ।

उनी राष्ट्रपति भएपछि अमेरिकाले कयैन चिनियाँ सामाग्रीहरुमा भंसार कर लगायो । यसमा हातेझोला र चामलजस्ता उपभोग्य सामाग्रीदेखि औधोगिक बस्तुहरु रह्यो ।

जुलाईदेखि यता विभिन्न समयमा अमेरिकाले २५० अमेरिकी डलर बराबरको चिनियाँ सामाग्रीमा भंसार कर लगाइसकेको छ । जवाफमा चीनले ११० अमेरिकी डलर बराबरको अमेरिकी सामाग्रीमा भंसार कर लगायो। भंसार करले अन्तत अमेरिकी कम्पनीहरुलाई लागत मुल्य बढायो। विज्ञहरुका अनुसार हालसालैको हप्तामा बजारले झेल्नु परिरहेको दबाबको एक कारक यो पनि हो ।

पछिल्ला हप्तामा विकसित घटनाक्रम
व्यापार युद्ध सुरु भएपछि डिसेम्बरको प्रारम्भमा पहिलो पटक सी र ट्रम्पले व्युनस आयर्समा भएको जी२०को सम्मेलनपछि भेटवार्ता गरे । सोही भेट पछिनै अमेरिकाले आफूले पहिले भनेजस्तो जनवरी १ मा चिनियाँ सामाग्रहरुमा लागिरहेको भंसार कर १० प्रतिशतबाट २५ प्रतिशत नबढाउने बताए । अमेरिकाले बताए अनुसार चीनले यो अवधिमा ‘धेरै ठूलो’ मात्राको कृषि, औद्योगिक र उर्जा सामाग्री किन्नेछ ।

तथापी सम्झौताका सबै बुदामा कुरा मिलेको छैन । दुवै राष्ट्रको वार्ताकार पछिल्ला हप्ताहरुमा एक अर्कासँग नियमित सम्पर्कमा छन्  तर दुई पक्षका वार्ताकारबीच प्रत्यक्ष कुराकानी भने जनवरीमा हुनसक्छ ।

– एजेन्सी

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *