शेयर धितो कर्जामा ७० प्रतिशतसम्म ऋण दिन राष्ट्र बैंककाे निर्देशन

इन्भेष्टोपेपर ।  श्रायण १३, २०७७ 

शेयर धितो कर्जाकाे ऋण सीमा अब ७० प्रतिशतसम्म कायम हुने भएको छ । नेपाल राष्ट्र बैंकले सोमबार चालु आर्थिक वर्षको मौद्रिक नीतिमा भएको व्यवस्थालाई कार्यान्वय गर्नका लागि बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको हो ।

यसरी प्रवाह हुने कर्जाको हकमा सुरक्षण बापत राखिने सेयरको मूल्यांकन गर्दा नेपाल स्टक एक्सचेन्ज लिमिटेडबाट प्रकाशित पछिल्लो १२० कार्य दिनको अन्तिम मूल्यको औसत मूल्य वा सेयरको प्रचलित बजार मूल्यमध्ये जुन कम हुन्छ, सो रकमको बढीमा ७० प्रतिशत रकमसम्म मात्र सेयर धितो कर्जा प्रवाह गर्न सकिने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

एक पटक प्रवाह गरिसकेको यस्तो कर्जाको सुरक्षणमा रहेको सेयरको पुनरमूल्यांकन गरी सोको आधारमा थप कर्जा सीमा कायम गर्न वा थप कर्जा प्रदान गर्न भने पाइने छैन् । यसअघि शेयर धितोमा राखेर ६५ प्रतिशतसम्म ऋण लिन पाइने व्यवस्था थियो । 

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *