सनराइज बैंकको व्यवसायमा सुधार, खुद नाफा ३७ प्रतिशतले बृद्धी
Investopaper, कार्तिक २२, २०७६
सनराइज बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा गत आर्थिक वर्षको यहि अवधीको तुलनामा खुद नाफा ३७.०६ प्रतिशतले बढाएको छ। बैंकले व्यवसायमा राम्राे सुधार गर्दै चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४५ करोड ४३ लाख ६७ हजार रुपैयाँ खुद नाफा कमाएको हो ।
गत वर्षको यही अवधिमा बैंकले ३३ करोड १४ लाख ९४ हजार रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो। यस अवधीका बैंकको वितरण योग्य नाफा १५ करोड ८३ लाख ६२ हजार रुपैयाँ रहेको छ ।
यसैगरि बैंकको खुद व्याज आम्दानी गत वर्षको यहि अवधीको तुलनामा ३३.९१ प्रतिशतले बृद्धी गरेकाे छ । प्रथम त्रयमासमा एक अर्ब १० करोड ५ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको छ भने गत वर्षको यसै अवधीमा बैंकले ८२ करोड १८ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको थियो।
बैंकले ७७ अर्ब ८९ करोड ४६ लाख रुपैयाँ निक्षेप संकलन गरी ७२ अर्ब ५५ करोड १८ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।
सरराइज बैंकका प्रमुख बित्तीय सूचकांकहरूः
- सनरनइज बैंककाे चुक्ता पूँजी ८ अर्ब १५ करोड रुपैयाँ रहेको छ ।
- बैंकको जगेडा कोषमा २ अर्ब ९४ करोड रुपैयाँ संचित छ।
- बैंकको खराव कर्जा अनुपात गत वर्षकाे १.१२ प्रतिशत बाट बढेर यस अवधीमा १.२७ प्रतिशत पुगेको छ।
- बैंकको प्रतिशेयर आम्दानी २२ रुपैयाँ २९ पैसा रहेकाे छ ।
- प्रतिशेयर नेटवर्थ १५५ रुपैयाँ ७८ पैसा छ ।
- अाधार व्याजदर गत बर्षकाे १०.९७ बाट घटेर ९.९७ रहेकाे छ ।
- बैंककाे मूल्य आम्दानी अनुपात १०.७२ गुणा बढी छ।
