सनराइज बैंक पनि प्रादेशिक संरचनामाः एकैदिन ६ प्रादेशिक कार्यालय स्थापना

Investopaper, Jan 14, 2019

देश संघियतामा गैसकेकाे र विभिन्न निकायहरूले प्रादेशिक कार्यालय स्थापना गरीरहेकाे परिप्रेक्षमा सनराइज बैंकले पनि ग्राहकलाई सहज रूपमा सेवासुविधा उपलब्ध गराउने अभिप्रायले एकैसाथ ६ वटा प्रादेशिक कार्यालय स्थापना गरेको छ ।

बैंकले प्रदेश नं १ को इटहरीमा, प्रदेश नं २ को लाहानमा, गण्डकीको पोखरामा, प्रदेश नं ५ को बुटवलमा, कर्णालीको सुर्खेतमा र सुदूरपश्चिमको अत्तरियामा प्रादेशिक कार्यालय स्थापना गरेको हो ।

अव अाफ्नाे प्रदेश भित्र प्रादेशिक कार्यालयले आफ्नो मातहतका शाखाको अनुगमन, निरीक्षण तथा व्यवस्थापन गर्ने छ । प्रदेशवाटै छिटो, छरितो, सर्वसुलभ तथा उच्चस्तरीय बैंकिङ सेवा उपलव्ध हुने हुंदा संस्थागत सुशासनका साथै व्यापार विस्तारमा समेत सकारात्मक प्रभाव पर्ने वैककाे ठहर छ  ।

बैंकका अध्यक्ष मोतीलाल दुगड, सञ्चालकहरू ई. बच्छराज तातेड, ज्योतिकुमार बेगानी, ओमकृष्ण जोशी तथा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले संयुक्त रूपमा ती प्रादेशिक कार्यालयको उद्घाटन गरेको बैंकले जनाएको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *