सिमसा माताकाे आशीर्वादः मन्दिरकाे भुइँमा सुत्दा महिला हुन्छन् ‘गर्भवती’

Investopaper, असार ११, २०७६ 

सन्तानकाे सुखप्राप्ती कसकाे चाहानाबाट टाढा हुन्छर ? अझ वंशज कायम राख्न पनि जायजन्म हुनैपर्छ । मेडिकल उपाय नलागेपछि प्रायः मानिसहरू सन्तानका लागि मन्दिर जाने गर्छन् । यहाँ हामी यस्तो मन्दिरको बारेमा कुरा गर्दैछौं जहाँ जाँदा सन्तान सुख प्राप्त हुने मान्यता छ ।

भारतको हिमाचल प्रदेशको मन्डी जिल्लामा सिमस गाउँ छ । त्यहाँ रहेको सिमसा देवीको मन्दिरको भुइँमा सुत्ने निःसन्तान महिलाले सन्तान पाउने प्रसिद्धि छ ।

त्यसरी सुत्ने महिलालाई देवी माताले आफैं आएर आशीर्वाद दिने मान्यता छ । त्यसैले टाढाटाढाबाट निःसन्तान महिलाहरू यो विशेष भुइँमा सुत्न आउँछन् । सन्तानदात्री देवीको मन्दिर भनेर पनि यसको नाम प्रसिद्ध छ ।

यहाँ सलिन्दरा नवरात्र उत्सव मनाइन्छ जसको अर्थ हुन्छ सपनामा आउने । यस मन्दिरको भुइँमा सुत्दा देवीले सपनामा महिलालाई सन्तानको आशीर्वाद दिन्छिन् भन्ने विश्वास गरिन्छ ।

एजेन्सी

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *