सूचनाः वडामा गएर प्रधानमन्त्री रोजगार कार्यक्रममा निवेदन दिन चाहिने कागजातहरु हेर्नुहोस्।

रोजगारीको हक सम्बन्धी ऐन, २०७५ को दफा ११, रोजगारीको हक सम्बन्धी नियमावली, २०७५ को नियम साथ र प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन निर्देशिका, २०७५ को दफा १८ बमोजिम आगामी आ.व. २०७६्।७७ मा हरेक वडामा रहेका रोजगार सेवा केन्द्र सँग समन्वयन गरि प्रदान गरिने १०० दिन बराबरको न्यूनतम रोजगारीमा संलग्न भई सार्वजनिक बिकास निर्माणका काममा योगदान गर्न ईच्छुक बेरोजगार १८ देखि ५६ बर्ष उमेरका व्यक्तिहरुको यहि मिति २०७५ साल चैत्र मसानत सम्ममा हरेक वडा कार्यालयमा बेरोजगार व्यक्तिहरुको सूचीमा सूचिकृत हुन निवेदन पेश गर्न हुन यो सूचना प्रकाशित गरिएको छ। निवेदनको ढाँचा प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन निर्देशिका, २०७५ को अनुसूची- १ बमिजिम हुनुपर्ने छ।

निवेदनको ढाँचा र यस सम्बन्धी विस्तृत जानकारीको लागी हरेक वडा कार्यालयमा सम्पर्क राख्न हुन जानकारी गराइन्छ।

आवश्यक कागजातहरुः

१) नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपी

२) शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपी

३) तालिम तथा सीप हासिल गरेको प्रमाणपत्रको प्रतिलिपी

४) अपाङ्गताको प्रमाणपत्रको प्रतिलिपी

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *