सूचीकृत कम्पनीहरुलाई नेप्सेको ध्यानाकर्षण ।
INVESTOPAPER, December 13, 2018
सूचीकृत कम्पनीहरुले सत्य, तथ्य र सबैले स्पष्ठरुपमा वुझ्ने गरी आफ्ना विवरणहरु निश्चित समयावधि र ढांचामा प्रकाशित गर्नु पर्दछ । गलत वा अपूर्ण सूचना प्रवाहका कारण सर्वसाराधारण लगानीकर्तामा अन्यौलता सृजना भै वजार मूल्यमा असर नपरोस भनि नेपाल स्टोक एक्सचेन्ज लिमिटेड (नेप्से) ले सवै सूचीकृत कम्पनीहरुलाई ध्यानाकषर्ण गराएको छ । तोकिएको सूचना समयमै संम्प्रेषण नगरेमा नियमानुसार कार्यवाही गरिने समेत सूचनामा उल्लेख छ ।