हेर्नुस् १० ठुला देशहरुका कार्यकारी अधिकृत (CEO) र श्रमिक बिचको पारिश्रमिक अन्तर

तपाईको बार्षिक आम्दानी कति छ ? वर्षभरी खटेर तपाई कति कमाउन हुन्छ र कति जोगाउनु हुन्छ ? जति समय र दिन लगाएर तपाई आफ्नो पारिश्रमिक वुझ्नु हुन्छ त्यति नै कमाउन उच्च पदाधिकारीहरुलाई कति दिन लाग्छ होला ? के तपाईले कहिल्यै यस वारेमा सोच्नु भएको छ ? कतै तपाईको पारिश्रमिक र उच्च ओहोदामा रहेका पदाधिकारीहरुको पारिश्रमिक वीच धेरै अन्तर त छैन ? यही सन्दर्भमा Bloomberg  ले एउटा तथ्यांक सार्वजनिक गरेको छ ।

तलको तालिकामा विश्वका १० वटा विभिन्न देशका प्रमुख कार्यकारी अधिकृत (CEO) को बार्षिक औसत आय र श्रमिकहरुको औसत आयको अनुपात पनि उल्लेख गरिएको छ ।

तथ्यांक अनुसार भारतको औसत कार्यकारी अधिकृतले एक तिहाई (१र३) दिनमा वुझ्ने पारिश्रमिक रकम त्यहांका औसत श्रमिकलाई कमाउन पुरै एक वर्ष लाग्दछ। अमेरिकामा CEO  र श्रमिक वीचको पारिश्रमिक अन्तर १९८० र २०१६ को दौरानमा ८ गुणाले वढेको पाइन्छ। रुसका श्रमिकहरुले वर्षभरिमा आर्जन गर्ने रकम त्यहांका कार्यकारीहरुले आधा दिनमै हात पार्दछन। यस्ले धेरै देशहरुमा आय सम्बन्धी बिभेद रहेको पुस्टी गर्छ।  यसै गरी एप्पल कम्पनीका टिम कुकको पारिश्रमिक् त्यहाका औसत श्रमिकको कमाइको २५० गुना बढी छ।

नेपालको सन्दर्भमा पनि उच्च कार्यकारीहरु र श्रमिक वीचको पारिश्रमिक अन्तर निकै फराकिलो भएको पाइन्छ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *