१ नं. प्रदेशका मुख्यमन्त्री शेरधन राईकाे शुभ बिवाह सम्पन्न
इन्भेष्टाेपेपर । माघ १२, २०७७
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईकाे शुभ बिवाह सम्पन्न भएकाे छ। मुख्यमन्त्री राईले मोडल जाङमु शेर्पासँग आइतबार राई संस्कार तथा परम्परागत पोशाकमा विवाह गर्नुभएकाे हाे ।
अहिले मुख्यमन्त्री राईकाे उमेर ४९ वर्ष रहेकाे छ भने २३ वर्षीया मोडल जाङमुसँग आइतबार उहाँ विवाह बन्धनमा बाधिनु भएकाे हाे । काठमाडौंको एलिस पार्टी प्यालेसमा बिवाह सम्पन्न् भएकाे थियाे भने बिराटनगरमा प्रितिभाेज हुने कार्यक्रम रहेकाे छ ।
मुख्यमन्त्री राई भोजपुरका बासिन्दा हुनुहुन्छ भने बेहुली बनेकी शेर्पाको पुर्ख्यौली घर संखुवासभा हो ।
