७५३ स्थानिय तह मध्ये ६५ स्थानीय तहमा वाणिज्य बैंकका शाखा पुग्न बाँकी
Investopaper, Dec 27, 2018
काठमाण्डाै: मुलुक संघीयतामा गइसकेपछि ७५३ वटै स्थानीय तहमा वाणिज्य बैंक पुर्याउने सकारी योजना अनुसार अब ६५ स्थानीय तहमा वाणिज्य बैंक पुग्न बाँकी रहेको नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको प्रतिवेदनमा उल्लेख छ । सरकारकाे घाेषित कार्यक्रम अनुसार २०७५ काे अाषाढ मसान्तसम्म सवै स्थानिय निकायमा वाणिज्य वैंक पुर्याइ सवै काम वैकिंग प्रणालीवाट गर्ने लक्ष थियाे । तर विविध कठिनाइ (बिद्दुत, संचार, सुरक्षा अादि) ले गर्दा शाखा संचालन हुन नसकेकाे वास्तविकतालार्इ समेत ध्यानदिदै छिटाे भन्दा छिटाे सेवा विस्तार गर्न राष्ट्र वैंकले निर्देशन दिएकाे छ ।
नेपालमा रहेका कुल ७७ जिल्लामध्ये ३४ जिल्लाका ६५ स्थानीय तहमा वाणिज्य बैंक पुग्न बाँकी रहेको हो । सवैभन्दा कम ५ नं. प्रदेशमा जम्मा २ वटा स्थानिय निकायमा वैक शाखा पुग्न सकेका छैन भने प्रदेश नं. २ र गण्डकी प्रदेशमा तीन तीन वटा स्थानिय निकाय वैक विहिन छन । त्यसैगरी प्रदेश नं. ३ का ४ वटा स्थानिय निकायमा वैक शाखा पुग्न सकेका छैनन भने विकट भूभाग रहेकाे सुदुर पश्चिम प्रदेश र कर्णाली प्रदेशमा क्रमश १६ र १७ वटा स्थानिय निकायमा वाणिज्य वैंकका शाखाहरू स्थापना हुन सकेका छैनन ।
१. प्रदेश नं. १ अन्तर्गत रहेका कुल १४ वटा जिल्ला र १३७ स्थानीय तह मध्ये आठ वटा जिल्लाको १७ स्थानीय तहमा वाण्ज्यि बैंकको शाखा पुग्न बाँकी रहेको छ ।
२. प्रदेश नं. २ मा मध्य तराइका आठ वटा मात्र जिल्ला र १३६ स्थानीय तह मध्ये ३ वटा जिल्लाको तीन वटा नै स्थानीय तहमा वाणिज्य बैंक पुग्न बाँकी रहेको छ ।
३. देशकाे संघीय राजधानी काठमाडौंसहित भित्री मधेसको ३ जिल्ला र अन्य पहाडी जिल्ला गरी १३ वटा जिल्लाको ११९ स्थानीय तह रहेको प्रदेश नं. ३ को चार वटा जिल्लाको सात वटा स्थानीय तहमा वाणिज्य बैंककको शाखा पुग्न बाँकी रहेको छ ।
४. गण्डकी प्रदेश अन्तर्गत समाविष्ट ११ जिल्ला र ८५ स्थानीय तह मध्ये दुई वटा जिल्लाको तीन वटा स्थानीय तहमा वाणिज्य बैंक पुग्न बाँकी रहेको छ ।
५. त्यसैगरी १२ वटा जिल्ला र १०९ वटा स्थानीय तह रहेको प्रदेश नं. ५ को दुई जिल्लाको दुई वटा नै स्थानीय तहमा वाणिज्य बैंक पुगेका छैनन् ।
६. विकट भूभाग समेटिएको कर्णाली प्रदेशमा १० जिल्ला र ७९ स्थानीय तह रहेका छन् । कर्णाली प्रदेशका आठ वटा जिल्लाको १७ स्थानीय तहमा अझै पनि वाणिज्य बैंक पुग्न सकेका छैनन् ।
७. सुदुरपश्चिम प्रदेशको ९ वटा जिल्लाको ८८ स्थानीय तह रहेकामा सात वटा जिल्लाको १६ वटा स्थानीय तहमा वाणिज्य बैंकको उपस्थिती रहेको छैन ।